डडेल्धुराबाट संसदीय चुनाव लड्न लागेका सागर ढकालले अधिकांश युवा नै संसदमा जाने, र देशले नयाँ, क्षमतावान्, योग्य ४० वर्षमुनिकै प्रधानमन्त्री र मन्त्रीहरू पाउँने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवावि रूद्ध संसदीय चुनाव लड्न लागेका ढकालले यस्तो बताएका हुन् ।
सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेसँगै उनले आफू तीव्र भएर चुनावको बाँकी तयारीमा लागेको बताएका छन्।
उनले सामािजक सञ्जाल फेसबुकमा लेखेका छन्, मङ्सिर ४ गते निर्वाचनको घोषणा भएको छ । आशा छ, अधिकांश युवा नै संसदमा जानेछन्, र देशले नयाँ, क्षमतावान्, योग्य ४० वर्षमुनिकै प्रधानमन्त्री र मन्त्रीहरू पाउँनेछ।’
उनले हाल सरकारमा रहेकाहरूले व्यवस्था परिवर्तन गरेको भएपनि अब अवस्था परिवर्तनको लागि ४० मुनिका योग्य युवाको आवश्यक भएको बताएका छन्।
‘व्यवस्था परिवर्तनका लागि हजुरबुबा, हजुरआमा, बुबा, आमालाई धेरै-धेरै धन्यवाद। अब अवस्था परिवर्तनको लागि हामी ४० मुनिका योग्ययुवा आएका छौं। सबैको साथ र सहयोगले नै देशको अवस्था परिवर्तन गर्न सकिनेछ। साथ दिनुहोला।’ उनले लेखेका छन्।
उनले केही समयअघि प्रधानमन्त्रीविरु’द्ध डडेल्धुराबाटै संसदीय चुनाव लड्ने बताएका थिए। प्रधानमन्त्रीविरु’द्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेका थिए।
बीबीसी मिडिया एक्सनको चर्चित कार्यक्रम ‘साझा सवाल’मा ढकालले प्रधानमन्त्री शेरबहादुर देउवावि’रुद्ध शिक्षा सुधारको विषयमा प्रश्न गर्दा हप्का ई खाएका थिए। तत्कालीन प्रधानमन्त्री देउवाले कार्यक्रममा ‘तपाई बढ्ता नबोल्नुस’ भन्दै हप्काइएका थिए। उनै देउवा अहिले पनि देशको प्रधानमन्त्री छन्। उही व्यक्ति प्रधानमन्त्री भए पनि अहिले परि स्थिती फेरिएको छ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेर आएपछि सागर ढकाल देउवाविरु द्ध चुनाव लड्न डडेल्धुरा पुगेका हुन्। जनताको आवश्यकता नबुझ्ने, युवालाई रोजगारी सिर्जना गर्न नसक्ने, खाली आफ्नो मात्रै स्वार्थ खोजेर राजनीतिमा अडिरहने नेताविरुद्ध वि’द्रोह गर्ने अभियान चलेका बेला सागर ढकाल प्रधानमन्त्री देउवाविरु द्ध चुनाव लड्न उनकै चुनाव क्षेत्र डडेल्धुरा पुगेर प्रचारप्रसारमा लागिसकेका छन्।