नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ठूलो जिम्मेवारी पाएका छन् । उनलाई २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
पार्टी प्रवक्ता कृष्ण बहादुर महराले एक विज्ञप्ति जारी गर्दै साउन २० देखि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी गराएका छन्।
नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापान गएका हुन्।
भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्।
उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने भएका छन्। जापान जानुअघि प्रचण्डले ताइ’वानलाई लिएर पछिल्लो अमेरिकी कदमको वि’रोध गरेका थिए।
अमेरिकाको नाम नलिइ उनले माओवादी केन्द्र सधैं एक चीनको पक्षमा रहेको बताउँदै त्यसविरु’द्ध जाने जुनसुकै कदमको आफूहरूले विरो’ध गर्ने उनले जनाएका थिए।
प्रचण्डको भ्रमणले नेपाल(जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्ने उनको सचिवालयले जनाएको छ। नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीच विश्वास र सहकार्य बढ्ने पनि प्रचण्डको सचिवालयले उल्लेख गरेको छ।
जापान जानुअघि प्रचण्डले ताइ’वानलाई लिएर पछिल्लो अमेरिकी कदमको विरो’ध गरेका थिए। अमेरिकाको नाम नलिइ उनले माओवादी केन्द्र सधैं एक चीनको पक्षमा रहेको बताउँदै त्यसविरुद्ध जाने जुनसुकै कदमको आफूहरूले विरो’ध गर्ने उनले जनाएका थिए।
अमेरिकी कदमको वि’रोधपछि पूर्वनिर्धारित तालिकाअनुसार प्रचण्ड जापानतिर लागेका हुन्। जापान अमेरिकाको बलियो र निकट साझेदारमध्ये एक हो। जापान र चीनबीच भने लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ।