प्रधान सेनापतिलाई आईपीएसको कार्यक्रममा सहभागी हुन पठाएर सरकारले राज्यलाई द्वन्द्वमा धकेलेको भन्दै नेकपा एमालेका सांसद डा। भीम रावलले आपत्तप्ी जनाएका छन् । उनले संसदीय समितिको बैठकमा कडा रुपमा धारणा राखेका हुन् ।
उनले संसदको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै सरकारले अमेरिकी कार्यक्रम एसपी पीमा सहभागी नहुने व्यहोरा लेखी पठाएको पत्र प्रस्तुत गर्न माग गरे ।
हिजो सिंहदरबारमा आयोजित समितिको बैठकमा उनले अमेरिकालाई पत्र पठाइएको भन्ने अर्कोतर्फ प्रधान सेनापतिलाई आईपीएसको कार्यक्रममा सहभागी हुन पठाएर सरकारले राज्यलाई द्व’न्द्वमा धकेलेको आ’रोप लगाए ।
समितिका सभापति निरा देवी जैरुको सभापतित्वमा भएको बैठकले सरकारले एसपीपी फिर्ता लिन पत्र लेखेको भए प्रधान सेनापतिलाई आइ’पिएसको कार्यक्रममा भाग लिन पठाइको सम्बन्धमा प्रधान सेनापति र परराष्ट्रमन्त्रीलाई समितिको बैठकमा उपस्थित भएर ए’सपीपीबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिएको छ ।
नागरिकता विधेयक एनआरएनएको हितमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने बताएका छन्। शनिबार बिहान जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताएका हुन्।
नेपाल र जापानको सम्बन्ध पुरानो भएको बताउँदै उनले नेपालको प्रमुख ‘डोनर कन्ट्री’ जापान भएकोसमेत बताए। आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार गर्न थप सहयोग पुग्ने प्रचण्डको विश्वास छ।
प्रविधिको क्षेत्रमा अगाडि रहेकाले जापान सबैको निमित्त प्रेरणाको स्रोत भएको उनले बताए। प्रचण्डले भने–‘जापान हामी सबैका निम्ति एउटा प्रेरणाको स्रोत पनि हो। कसरी यु’द्धबाट तवा’हा बनाइएको देश, आफ्नै खुट्टामा उभिएर, आफ्नै मेहनतले यति माथि आउनसक्दो रहेछ भन्ने कुराको उदाहरण जापान हो।’
प्रचण्डले नागरिकता विधेयक एनआरएनएको हितमा हुने गरी ल्याइएको बताए। उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरुवात भयो भन्ने सन्देश दिन सके नेपाली फर्कने उनको भनाइ छ।