प्रसिद्ध वैज्ञानिक महावीर पुनले चुनाव लड्ने घोषणा गरेका छन् । दुर्गम क्षेत्रमा ताररहित प्रविधिको प्रयोगका लागि प्रसिद्ध वैज्ञानिक महावीर पुनले आउँदो स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा उम्मेदवारी दिने बताएका हुन्।
प्रविधिको विकासको लागि काम गर्दै धेरै युवाहरूलाई आफ्नै देश फर्काउने अभियानमा रहेका पुनले फेसबुकमा स्ट्याटस लेख्दै म्यादीको अन्नपूर्ण गाउँपालिकाबाट चुनाव लड्ने बताएका हुन्।
पुनले लेखेका छन्, ‘‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिंदैछ र केही सिप नलागे उठिन्छ पनि।’’
क्यालिफोर्नियाका विधायकद्वारा वैज्ञानिक डा।महावीर पुन सम्मानित
क्यालिफोर्निया राज्यका विधायकले नेपालका वैज्ञानिक डा।महावीर पुनलाई सम्मान गरेका छन् । विधायक एलेक्स लीका अफ्फसि डाइरेक्टर अनुराग पालले वैज्ञानिक पुनलाई सम्मान गरेका हुन् ।
नेपालको दूरदराजको गाउँमा वाएरलेस नेटवर्क विस्तारमा योगदान पुर्याएको भन्दै विधायक एलेक्स लीका अफ्फसि डाइरेक्टर पालले वैज्ञानिक डा।महावीर पुनलालाई सम्मान गरेका छन् ।
डा।पुनले सम्मान ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रको स्थापना र यसले गरेका कामको बारेमा नेपालीहरुलाई जानकारी गराएका थिए । संसारका विकसित मुलुकहरुले इनोभेसनमार्फत नै विकास गरेको र विकसित मुलुकको दर्जामा पुर्याएको भन्दै नेपालमा सरकारी निकायबाटै आविष्कारलाई उपेक्षा गरिएको बताए ।
ईश्वी संवत् २०१७ देखि सरकारी ओहोदा पदस्थ व्यक्तिहरुलाई आविष्कार केन्द्रको बारेमा भन्न छोडिदिएको बताए । इनोभेसन नेपालको राजनीतिज्ञ र प्रशासनिक अधिकारीको संस्कारमा नै नभएको गुनासो गरे ।
संसारका नेपालीलरुले विभिन्न माध्यमबाट आविष्कार केन्द्रमा जोडिन सक्ने बताउँदै इच्छाशक्ति भएका युवाशक्ति र उनीहरुको आइडिया आवश्यक रहेको र त्यसवाट मात्र देशको विकास संभव भएको उनले बताए ।
त्यस्तै सम्मान कार्यक्रममा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले नेपालको दूरजराजका गाउँहरुमा इन्टरनेट विस्तारमा गरेको भन्दै डा। पुनको प्रशंसा गरे । युनिभर्सिटी अफ स्यानफ्रयान्सिस्कोका सहप्राध्यापक डा।टीका लम्सालले पुन जस्तो वैज्ञानिक नेपालका लागि गौरव भएको बताए । उनले संसारभर छरिएर रहेका नेपालीको लागि डा।पुन उदाहरणिय पात्र बनेको भन्दै प्रशंसा गरे ।
क्यालिफोर्निया राज्यका विधायक एलेक्स लीका अफ्फसि डाइरेक्टर अनुराग पालले नेपालको दूरदराजका गाउँहरुमा वाएरलेस नेटवर्क विस्तारमा वैज्ञानिक डा।महावीर पुनले पुर्याएको योगदानको कदर गदै सम्मान गरेका छन् ।
उक्त कार्याक्रममार्फत डा।पुनसँगै नेपाली समुदायका अग्रज ब्यक्ति समाजसेवी नारायण सोमनामी पनि क्यालिफोर्निया राज्यका विधायक एलेक्सवाट सम्मानित भएका छन् ।
लामो समयदेखि समाजसेवामा सकृय रहेका सोमनामीले राज्यका विधायकवाट सम्मान पाउनु आफ्नो लागि मात्र नभएर नेपाली समुदायको लागि पनि खुशीको विषय भएको प्रतिक्रिया दिएका छन् ।
समाजमा निस्वार्थ काम गर्दा यहाँको राज्यले पनि रिकक्गजाइज्ड गरेका बताउँदै सोमनामीले भने मलाई यो सम्मान पाउछु भन्ने लागेकै थिएन । शान्तारोजा र आसपासमा नेपाली रेष्टुरेष्ट संचालन गरि नेपाललाई परिचित गराउन सफल ब्यापसायी सोमनामी एनआरएनए अमेरिकाका सल्लाहकार समेत हुन् ।
अमेरिका भ्रमणमा रहेका नेपालका राट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं बैज्ञानिक महावीर पुन र सिलिकन भ्याली वरपर रहेका नेपाली समुदायबीच स्यानहोजेस्थित एभरेष्ट क्यूजिनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आजै डा।पुनले स्याण्डफोर्ड युनिभर्सिटीमा आयोजना गरिएको कार्यक्रममा पनि राष्ट्रिय आविष्कार केन्द्र र यसका आगामी योजनाहरुको वारेमा त्यहाँका विद्यार्थी एवं प्राध्यापकहरुसँग अन्तरक्रिया गर्नेछन् ।