शुक्रबार साँझ जापान भ्रमणमा निस्किए पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जापानमा नेपालीहरुको स्थिति बुझ्न आएको प्रतिक्रिया दिएका छन्।
तर अध्यक्ष प्रचण्डको झु ट बोल्ने बानी विदेशमा समेत देखियो । उनले जापानका पूर्वप्रधानमन्त्री शि न्जो आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए ।
‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आ बे जो पूर्वप्रधानमन्त्री, उनलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’ प्रचण्डले भने, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो ।
किनकी पूर्वपधानन्त्रीको हैसियतले उनी नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानि भएको थियो । असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन राम्रो भएको थियो ।’
तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आ बेले नेपाल भ्रमण गरेका छैनन । नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गगरेका छैनन । सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री यो सिरो मोरीले नेपाल भ्रमण गरेका थिए ।
जापानी प्रधानमन्त्री नेपाल आएको यो एकमात्र घटना हो । त्यसपछि भने जापानका दुई जना परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका छन् । पछिल्लो पटक सन् २०१९ को जनवरीमा जापानी परराष्ट्रमन्त्री तारा कोनोले नेपाल भ्रमण गरेका थिइ ।
जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय आ बेको गत महिना गो’ ली हा नेर ह ‘त्या भएको थियो ।