नेकपा एकीकृत समाजवादी पार्टीमा केही पूर्वमन्त्रीसमेत रहेका नेताहरु असन्तुष्ट देखिएका छन् । नेतृ रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान एमालेमा फर्कन छलफलमा लागेको स्रोतले जनाएको छ ।
किसानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, झाँक्रीले सहरी विकास मन्त्री र आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पद गुमाएपछि पार्टी भित्र संघर्ष गरिरहेको बताइन्छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालसँग उनीहरुले दुरी बढाएका छन् । एक टेलिभिजन कार्यक्रममा झाँक्रीले अध्यक्ष नेपालवि’रुद्ध च’र्को अभिव्यक्ति दिइन् ।
त्यसमा झाँक्रीलाई गलत देखाउँदै सम्पूर्ण पार्टी पंक्ति नै झाँक्रीवि’रुद्ध लागेको छ । झाँक्रीले रौटहटमा सरकारी प्रक्रिया नै नपुगेका विकास निर्माणमा शिलान्यास गरेर नाटक गरेको भन्दै अध्यक्ष नेपालको चर्को आलोचना गरिन् ।
झाँकी पदबाट आउट गरिएपछि अध्यक्ष नेपालसँग झाँक्रीको खासै बोलचाल नै छैन । पार्टीको सचिव भएपनि अहिले झाँक्रीलाई नेतृत्वले खासै महत्व दिँदैन । अरु दुई नेतापनि केपी शर्मा ओली निकट हुँदाहुँदैपनि पदका लागि नै मात्र माधवकुमार नेपालको कित्तामा गएको चर्चा बारम्बार राजनीतिक वृतमा हुने गरेको छ ।
तर छोटो समयमा नै अपमानपूर्ण ढंगले पद खोसिएपछि अब उक्त पार्टी छोड्ने सोचमा छिन् । नेकपा (एमाले) का शीर्ष नेताहरुसँग उनीहरुले सम्वाद थालेको खुलेको छ । आफूसँग पैसापनि भएकाले पैसा को ल गानी गरेर भएपनि एमालेमा लागे प्रत्यक्षमा नै प्रतिनिधिसभामा चुनाव जित्न सकिन्छ भन्ने उनीहरुको आँकलन छ ।
त्यसो हुँदा चुनावकै लागि भएपनि एमाले फर्किने उनीहरुको सोच छ । गठबन्धन कायम रहँदा उनीहरुको क्षेत्रमा उनीहरुले टिकट नपाउँने देखिन्छ ।
पाएपनि अध्यक्ष र शीर्ष नेतासँग नै दुरी बढाएकाले पार्टी पंक्तिले हराईदिने उनीहरुमा भय छ । झाँक्रीलाई पनि अब एमालेमा एउटा पंक्ति सहित लिएर फर्किएमा कार्यकर्ताको साथ पाउँने आशा छ । विगतमा बाटो विराईहाले पनि सच्चिने मौका यही हो भन्नेछ ।
चुनावी हिसाब–किताबको बेला भएकाले अहिले पार्टी प्रवेश गराउँन अध्यक्ष ओलीपनि नरम भएकाले यही मौका छोप्दै केही दिनमा एमालेमा आउँने तयारी रहेको स्रातेको दाबी छ ।