नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्ण बैठक कपिलवस्तुको शिवगढीस्थित अञ्चलपुरमा बसिरहेको छ । साउन १६ गते ललितपुर जिल्ला अदाल तबाट विप्लव नेतृत्वको नेकपा का २० जना नेता, कार्यकर्ताविरु द्ध पक्रा’उ पु’र्जी जारी भएपश्चात अञ्चलपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा पूर्ण बैठक बसेको हो ।
बैठकका लागि शनिवार नै नेताहरु शिवगढीमा जम्मा भएका छन् । बैठकमा महासचिव विप्लवसहित प्रकाण्ड, सन्तोष बुढामगर र ५७ जना केन्द्रीय समिति सदस्यहरुको सहभागिता रहेको श्रोतले जनाएको छ । बैठक भोलिसम्म चल्ने र एजेण्डाहरु माथि घनिभूत छलफल भए १ दिन लम्बिन सकिने बताइएको छ ।
बैठकमा मुख्य गरी अदा’लतले जारी गरेको पक्रा’उ पुर्जी,केपी ओली नेतृत्वको सरकारसंग भएको सम्झौताको पूर्ण कार्यान्वयन,आगामी रणनीति,मंसिर ४ गते घोषणा गरिएको निर्वाचनमा पार्टीको धारणा र सहभागिता तथा धर्मेन्द्र बास्तोला सहितका नेता, कार्यकर्तालाई कार वाही लगायतका एजेण्डा रहेको बताइएको छ ।
बैठकमा आइतबार महासचिव विप्लवले पार्टीको आगामी कार्यदिशा तथा वर्तमान अवस्थाबारे प्रतिवेदनसहित एजेन्डा प्रस्तुत गरेको श्रोतको भनाई छ । सहभागीहरुलाई खाने, बस्ने व्यवस्था केन्द्रीय कार्यालयमै गरिएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर, सरकारमा सामेल एजेण्डा
लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् ।
लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मु’द्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको छ । यसअघि पटकपटक लोसपा शीर्ष नेता र प्रधानमन्त्री देउवाबीच छलफल भइसकेको छ ।
सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आएका छन् ।
आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने बताइएको छ ।