नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ। स्थानीय तह निर्वाचनदेखि दुई नेताबीच खटपट सुरु भएको हो।
अध्यक्ष नेपालसँग खटपट भएका बेला स्वास्थ्य मन्त्रालयबाट खरिद स्वास्थ्य सामग्रीमा भ्रष्टा’चार भएको विषयमा नेता खनालले दुई मन्त्रीलाई आफ्नै निवासमा बोलाएर जानकारी लिएका छन्।
खनालले स्वास्थ्यमन्त्री भवानी खापुङ र राज्यमन्त्री हीराचन्द्र केसीलाई आइतबार बिहान आफ्नै निवासमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा अनि यमितता भएको खबर आइरहेको र यसले पार्टीलाई समेत बद नाम गराउन सक्ने भन्दै चासो राखेका थिए।
‘सम्मानित नेताले बोलाउनुभएको थियो, स्वास्थ्य सामग्री खरिद विषयमा चासो र चिन्ता व्यक्त गर्नुभएको थियो, हामीले स्वास्थ्य मन्त्रालयबाट भ्र ष्टाचार हुन दिन्नौं भनेर आएका छौं’, स्वास्थ्यमन्त्री निकट स्रोतले भन्यो।
नागरिक दैनिकमा आइतबार सात प्रकारका स्वास्थ्य उप करण खरिद गर्दा ४१ करोड रूपैयाँ अपच लन भएको समाचार प्रकाशन भएको थियो। यस विषयमा स्वास्थ्य राज्यमन्त्री केसीले उप करण खरि द विषयमा आवश्यक परे छा नबिन हुने बताएका थिए।
नेपाल र खनालले आपसमै सल्लाह नगरी पार्टीका मन्त्रीहरूलाई निर्देशन दिने गरेको स्रोतको दाबी छ। ‘दुई नेताहरू जसले भेट्यो उसैले मन्त्रीहरूलाई निर्देशन दिने गरेका छन्। उनीहरूको यो शैली ठिक छैन’, नेकपा एस सचिवालयका एक सदस्यले भने।
ती सदस्यका अनुसार नेता खनालले यसअघि पनि पार्टीमा छलफल नगरी अभिव्यक्ति दिएको भन्दै सचिवालय बैठकमा आलोचना भएको थियो। अहिले पनि उनले स्वास्थ्य मन्त्रालयका मन्त्रीलाई बोलाएर स्वास्थ्य उ पकरण खरिदमा भएको घो टलाबारे चासो राखेको विषयलाई अध्यक्ष नेपालले निको मानेका छैनन्।
स्थानीय तह निर्वाचनपछि वाम गठबन्धन बनाएर जानुपर्छ भन्ने धारणा सम्मानित नेता खनालले राख्दै आएका छन्। उनले आफ्नो गृहजिल्ला इलाममा स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य गर्न पार्टीका नेता–कार्यकर्तालाई भनेका थिए। खनालकै निर्देशनमा इलाममा एमाले र नेकपा एसको सहकार्यमा जिल्ला समन्वय समिति गठन भएको छ। यस विषयमा पार्टी सचिवालय बैठकमा खनालको वि’रोध भएपछि उनी केही समय चुप लागेका थिए।
पार्टी अध्यक्ष नेपालकै सहमतिमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने निर्णय गरेपछि खनाल रुष्ट बनेका थिए।
खनालले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई समेत यो विषयमा पुनर्विचार गर्न आग्रह गरेका थिए। तर पार्टी अध्यक्ष नेपालले हटाउन निर्देशन दिएपछि नयाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पनि कार्यकारी अध्यक्षबाट अधिकारीलाई हटाउने निर्णय उल्टाउन सकेनन्।
अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक हटाउने निर्णय गरेको छ। यसबाट नेता खनाल निकै तनाबमा छन्। यो विषयलाई लिएर पनि नेताद्वयबीच खटपट सुरु भएको हो।
खनालकै आग्रहमा अधिकारीलाई कार्यकारी अध्यक्ष बनाइएको थियो। अधिकारी पार्टी अध्यक्ष नेपालविरुद्ध लागेपछि उनलाई हटाउन सिफारिस गरिएको स्रोतको दाबी छ। ‘सरकारी नियुक्तिलगायतका विषयमा सचिवालय बैठकबाट निर्णय हुने गरेकोमा कहिलेकाहीं नेताहरूको खल्तीबाट सिफारिस हुँदा समस्या भएको छ’, सचिवालयका ती सदस्यले भने।
नेकपा एसका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा भने दुई नेताबीच नीतिगत तहमा कुनै खटपट नभएको बताए। वाम ग ठबन्धन बनाउने विषय, एमालेलाई हेर्ने दृष्टिकोण, अन्य दलसँग सहकार्य गर्नेलगायतका विषयमा नेताद्वयबीच कुनै सम स्या नभएको उनको दाबी छ।
‘हामीले हेर्दा उहाँहरूबीच कुनै पनि प्रकारको समस्या छैन, हामी एमालेबाट विभाजित हुँदा जनवादी केन्द्रीयता अवलम्बन गर्ने भनिएको थियो, यो विषय दुई नेताले बुझ्नुभएको छ’, खतिवडाले भने। उनका अनुसार बाहिर झट् हेर्दा केही विषयमा असहमति देखिए पनि नीतिगत रूपमा कुनै खटपट छैन।
यसैबीच पूर्वसहरीमन्त्री एवं पार्टी सचिव रामकुमारी झाँक्रीले सहरी मन्त्रालयबाट विनियोजन भएको रकम र कार्यक्रमबारे टिप्पणी गर्न थालेकी छिन्। यसले गर्दा पार्टीको माथिल्लो तहमा रहेका नेता आरो पप्रत्या रोपमा उत्रिँदा विवाद बढ्दै गएको छ।
सहरी विकास मन्त्रीबाट बाहिरिनु परेपछि उनी अध्यक्ष नेपालसँग असन्तुष्ट छन्। उनले सार्वजनिक कार्यक्रममै अध्यक्ष नेपालको कार्यशैलीबारे टीकाटिप्पणी गर्न थालेकी छिन्। नागरिक दैनिकबाट ।