अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको भन्दै संसदमै आवाज उठेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गरेका हुन् ।
आइतबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद ज्ञवालीले अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उनका मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भा गाभा गको स्थिति भएको बताएका हुन् ।
उनले मुलुकको अर्थतन्त्र ग’म्भीर अवस्थामा रहेका बेला अर्थ मन्त्रालयमा अर्थसचिव नै भा ग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भनेर प्रश्न गरे । कुनै बेला अर्थ मन्त्रालय जान कर्मचारीहरू हा नथाप गर्ने गरेको उल्लेख गर्दै ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताए ।
‘अर्थ मन्त्रालयमा कर्मचारीहरू भा’गाभाग हुनुपर्ने परिस्थिति आएको हो । देशको अर्थतन्त्र ग’म्भीर अवस्थामा छ । हामीले यो संसदमा पटक(पटक रेकर्ड गराइरहेका छौँ । तर, अर्थमन्त्रीजी घरि गभर्नर नेपाल राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि हस्त’क्षेप गर्नुहुन्छ । घरि उहाँको मातहत बस्न कोही पनि कर्मचारी तयार हुँदैनन् । यो कुराले सरकारलाई प्रधानमन्त्रीलाई कहीँकतै पोल्दैन ?,’ उनले भने ।
सांसद ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि बताए ।