पूर्व प्रधानमनत्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृ रामकुमारी झाँक्रीलाई पार्टीमा ठूलो महत्व दिए । कारण थियो, झाँक्रीले एमालेबाट अलग्गिने बेला उनले दिएको साथ ।
नेपालकै नयाँ पार्टीमा झाँक्री सचिव बनिन् । नयाँ खुल्दै गरेको दलप्रति एक वर्षअघिसम्म नेपाल र झाँक्री दुवै उत्साही थिए । आज उनीहरुबीचको सम्बन्ध फिका बन्दैछ । अनि नयाँ पार्टी बनाइछाड्ने उत्साह पनि विस्तारै म र्दै छ ।
नयाँ दल दर्ता गर्न अध्यक्ष माधव नेपाललाई निर्वाचन आयोगतर्फ हात समाएर लैजाँदै गरेको दृश्य त्यति पुरानो भइसकेको छैन, जतिबेला उनले पार्टीभित्र सबैको स्नेह पाएकी थिइन् ।
तिनै रामकुमारी पार्टीभित्र अहिले सबैको तारोमा परेकी छिन् । अध्यक्ष माधव नेपालसँग सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउनुको आधार र कारण माग्दा एकीकृत समाजवादीकै भ्रातृ संस्थाका नेताहरुले झाँक्रीलाई कार’बाहीको माग गरेका थिए ।
रौतहटको गौरमा गएर हालै अध्यक्ष नेपालले गरेको शिलान्यासप्रति गरेको टिप्पणीले पार्टीमा फेरि झाँक्री आलो चनाको केन्द्र बनेकी छिन् ।
प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा झाँक्रीले नेपालले गरेको शिलान्यासलाई हचुवाको भरमा गरेको भनेर टिप्प्णी गरेकी थिइन् । ‘उहाँले हिजो गौरमा गएर गरेको शिलान्यासमा न कार्यक्रम छ, न बजेट छ, न स्रोत सुनिश्चित छ,’ उनको टिप्पणी थियो, ‘न टेन्डर आह्वान भएको छ।’
झाँक्रीको उक्त टिप्पणीको सहरी विकास मन्त्रालयलयले विज्ञप्ति नै निकालेर खण्डन गरेको छ । एकीकृत समाजवादीका कार्यकर्ताहरुले उक्त विज्ञप्तिलाई शेयर गर्दै अध्यक्षविरुद्ध लागेको भनेर झाँक्री लक्षित आक्रामक टिप्पणी गरिरहेका छन् ।
झाँक्रीले आफ्नो बचाउ गरेकी छिन् । ‘हिजो क। ओलीबाट १६५ रणनीति सडक, करिब ३९६ स्वास्थ्य चौकी, करिब ४०० पालिका केन्द्र जोड्ने सडक हावामा बिना कार्यक्रम, बिना स्रोत, बिना साइट शिलान्यास गरिएको थियो,’ फेसबुकमार्फत दिएको स्पष्टीकरणमा उनले भनेकी छिन्, ‘हामीले प्रश्न गरेका थियौं, चर्को आलोचना गरेका थियौं कि ती योजना कहाँ छन् भनेर रु आज अरूले हामीलाई यही भन्दैछन् । यसो नगरौं मात्र भनेको हो ।’
सतहमा नदेखिए पनि सरकारमा गएदेखि नै माधव नेपाल र रामकुमारी झाँक्रीको सम्बन्ध चिसिँदै गएको हो । सार्वजनिक कार्यक्रममा नेपालले लोकप्रिय काम गरेको भन्दै तत्कालिन पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रशंसा गर्दा रामकुमारीहरुको नाम नै लिँदैनथे । मन्त्रीहरु फिर्ता बोलाउने आफ्नो निर्णयको विपक्षमा उभिएपछि भने रामकुमारीसँग माधव नेपाल झन् रु’ष्ट बनेका थिए ।
मन्त्रीबाट राजीनामा दिएको झण्डै एक महिना बितिसक्दा पनि माधव नेपाल र रामकुमारीको प्रत्यक्ष भेट भएको छैन । उनी अहिलेसम्म अध्यक्ष निवास छिरेकी छैनन् । नेकपाकालीन संघर्षमा अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरु’द्धका तिखा टिप्पणीका कारण एमालेमै रहन उनलाई असहज भएकाले नेपाललाई अन्तिम समयसम्म पनि साथ दिनु बाध्यता भएको भनाइ केहीको छ ।
सार्वजनिक स्थानमा हुने भेटमा पनि अध्यक्ष नेपालले पनि उनीसँग खासै संवाद गर्दैनन्, झाँक्री पनि खुल्दिनन् । एकीकृत समाजवादीका कतिपय नेताहरु झाँक्रीको अध्यक्षप्रतिको शालिन वि’द्रोहलाई सस्तो लोकप्रियताका लागि गरेको टिप्पणी गर्छन ।
एउटै दलको पदाधिकारी भए पनि नेपाल र झाँक्रीबीचको सम्बन्धमा उतारचढाव आउन थालेको भर्खरै भने होइन । यसको लामै कथा छ । झाँक्री एमालेको आठौं महाधिवेशनताका झलनाथ खनाल समूहमा थिइन्, जतिबेला उनी पार्टीनिकट अनेरास्ववियूको नेतृत्व तहमा पुगेकी थिइन् । बुटवलमा भएको आठौं महाधिवेशन (२०६५ फागुन ५–१४)बाट खनाल एमालेको अध्यक्ष निर्वाचित भएका थिए ।
काठमाडौंमा भएको नवौं महाधिवेशन (२०७१ असार १९– १ साउन) मा खनाल तटस्थ बसे । तर, उनका धेरै मान्छे माधव नेपालतिर लागेका थिए । सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई लगायतलाई माधव नेपाललाई साथ दिएका थिए । झाँक्री पनि आफू भन्दा वरिष्ठ नेताहरुसँगै ‘नेपाल क्याम्पतिर’ लागेकी थिइन् ।
त्यो साथ तत्कालीन नेकपा कालको संघर्षमा पनि माधव नेपाललाई रह्यो । तत्कालीन प्रचण्ड–माधव खेमामा उभिएर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अरु नेताहरुसहित झाँक्री पनि उभिइन् ।
अन्तिम समयसम्म नेपाललाई साथ दिएका पाण्डे, भूसाल, भट्टराई लगायतका १० नेताहरु एमाले विभाजनमा भने सहमत भएनन् । झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आडभरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहास गरेका थिए ।
‘जुन प्रश्न हामीले ओलीमाथि गरेर आयौं, त्यो प्रश्न माधव कमरेडलाई पनि हुन्छ, त्यो सबैलाई हुन्छ र त्यो स्वयं मलाई पनि हुन्छ’ रामकुमारी भन्छिन् ।
आफू निरन्तर संवादमा रहने भूसाल र भट्टराई लगायतका नेताहरु एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिन्छन् ।
नेकपाकालीन संघर्षमा अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धका तिखा टिप्पणीका कारण एमालेमै रहन उनलाई असहज भएकाले नेपाललाई अन्तिम समयसम्म पनि साथ दिनु बाध्यता भएको भनाइ केहीको छ ।