काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन() साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा २४ घण्टा भित्र हटाउन निर्देशन दिएका छन् ।
नर्भिक अस्पतालले सरकारसंग लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।
काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशन अनुसार घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका छन् । नर्भिक कांग्रेस सांसद तथा अर्बपति व्यवसायी विनोद चौधरीको लगानी भएको अस्पताल हो ।
काठमाडौँको पर्यटन पुनरुत्थान तयारी ःमन्त्री श्रेष्ठ र उपत्यकाका नगरप्रमुखहरुबिच कुराकानी
काठमाडौँको पर्यटन पुनरुत्थानका लागि उपत्यकाका स्थानीय तहहरुको सामूहिक प्रतिवद्धता आवश्यक रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन् ।
यस बारे मन्त्रालयकातर्फबाट चासो व्यक्त गर्दै मन्त्री श्रेष्ठले नगर प्रमुखहरुसँग यस्तो बताएका हुन् । महानगर र नगरहरुसँग गरिने समन्वय बिषय बारे धारणा राख्दै मन्त्री श्रेष्ठले सहकार्यलाई पहिलो शर्तका रुपमा अघि सारेका छन् ।
छलफलमा भाग लिँदै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० ले पर्यटन व्यवस्थापनमा एकीकृत योजना र सरोकारवालाविचको समन्वयमा समस्या देखिएको बताए । ‘उदाहरणका रुपमा पर्यटन रुटमा शौचालय निर्माण गर्न बजेट विनियोजन गरिएको देखिन्छ ।
तर, त्यस ठाउँमा जग्गा छ कि छैन बजेट विनियोजन गर्दा थाहा हुँदैन ।’ उनले भने, ‘पर्यटकका लागि होम स्टे बनाउनु पर्छ । काठमाडौँ कुनै समय पाहुनाका होमस्टेमा प्रख्यात थियो । जात्रा पर्वका अवसरमा मन्दिरमा मात्र नभइ आउनेजाने बाटोमा पनि रङ्ग लाउनु पर्छ ।
खुल्ला क्षेत्रमा पार्क बनाउनुपर्छ ।’ पर्यटन पूर्वाधारका सन्दर्भमा कुरा गर्दै प्रमुख शाहले थपे, ‘सिटी व्राण्डिङ् गरेपछि मात्र पर्यटकहरुको संख्या बढ्ने बताए । यो कार्यक्रम कहीँ देखिएन । अन्तरराष्ट्रिय स्तरका कलाकार तथा खेलाडीहरु ल्याएर यो काम गर्न सकिन्छ । यसमा ध्यान दिनुपर्छ ।’
छलफल पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्धनमा केन्द्रीत थियो । पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत मन्त्रालयले काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना बनाएको छ ।