एजेन्सी – कुनै पनि तरकारीको मूल्य प्रतिकेजी एक लाख भन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर अब यो अचम्मलाई भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले सामान्य बनाइदिएका छन् ।
उनले यस्तो एउटा तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा १ लाख भारु प्रतिकिलो रहेको छ । उक्त तरकारीको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक सुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ ।
भारतका एक जना आईएस अफिसरले बिहीवार सबैभन्दा मंहगो र अनौठो उक्त तरकारीको तस्वीर सामाजिक सञ्जालमा ट्विटरमा तस्वीर शेयर गरेपछि यसको यतिखेर सर्वत्र चर्चा परिचर्चा भइरहेको छ । उनले यसको साथै होप सुट्सको पहिलो पटक भारतमा खेती गर्ने प्रमाणपत्र तह उत्तीर्ण ३८ वर्षीय किसान अमरेश सिंहको तस्वीरसमेत शेयर गरेकी छन् । यतिखेर उक्त तस्वीर सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ ।