पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सेयरमूल्य लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । कम्पनीको तथ्यांक हेर्दा यस कम्पनी प्रति लगानीकर्ताहरूको आकर्षण बढिरहेको अनुमान लगाउन सकिन्छ ।
बिहीबार भन्दा एक महिना अघि फागुन १२ गते बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८ हजार ३ सय ५५ रूपैयाँमा कारोबार भएकोमा आज चैत्र १२ गते, बिहीबार कम्पनीको सेयरमूल्य बढेर १३ हजार भन्दा बढीमा कारोबार भइरहेको छ । हिजो चैत्र ११ गते, बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२ हजार ७ सय ५ रूपैयाँ पुगेर बन्द भएको थियो ।
यो एक महिनामा मात्र कम्पनीको सेयर मूल्य ५२.०६ प्रतिशतले बढेको हो । यो कम्पनीको १०० कित्ता सेयरमा एक महिना अघि ८ लाख ३५ हजार ५०० रूपैयाँ लगानी गर्ने लगानीकर्ताको सेयरमूल्य अहिले बढेर १२ लाख ७० हजार रूपैयाँ पुगेको छ ।
एक महिनामा ८ लाखको लगानीबाट लगानीकर्ताहरूले ४ लाख ३५ हजार कमाएका छन् । यो एक महिना मात्र हैन करिव दश वर्षअघिदेखिको कम्पनीको लाभांश इतिहास हेर्दा त्यतीबेला कम्पनीको सेयरमा १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताको सेयरमूल्य अहिले ६१ लाख ३६ हजार भन्दा धेरै पुगेको छ ।