साहस उर्जा कम्पनी लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि कम्पनीले गत मंसिर २४ गते, नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
कर्जाको माग निकै बढेको, सातामा १४ अर्ब निक्षेप संकलन गर्दा ऋण लगानी कति ? चैत पहिलो साता वाणिज्य बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ । चैत पहिलो साता निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढ्दा कर्जाको माग २३ अर्ब रुपैयाँले बढेको छ ।
चैत पहिलो सातासम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुमा निक्षेप संकलनाको तुलनामा कर्जाको माग यो साता पनि बढेको देखिएको छ । । बैंकर्स संघका अनुसार फागुन २८ सम्ममा बैंकहरुले ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
संघका अनुसार सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरुले फागुन महिनामा मात्रै २७ अर्ब रुपैयाँ निक्षेप संकलन गेरर ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फागुन तोस्रो साता बैंकहरु निक्षेप संकलनमा निकै आक्रमक देखिएका थिए । चौथो सातामा आएर त्यो निकै कमी आएका थियो ।
चैत पहिलो सातामा यो केही बढेको तथ्याङकले देखाएको छ । यस्तै कर्जा लगानीमा पनि बैंकहरु अली सुस्त नै देखिएका बैंकहरु अली सुस्त नै देखिएका छन् । फागुन पहिलो साताको तुलनामा चैत पहिलो सातासम्म आईपुग्दा कर्जा लगानी पनि केही सुस्त नै देखिएको छ ।