चर्चित सेलिब्रेटी र साथीहरूसँगै एक प्रधानमन्त्री अमर्यादित अवस्थामा फेला परेकी छिन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनको यस्तो भिडियो नै बाहिरिएको हो । उनी र’क्सी खा एर माते को भिडिओ अहिले भाइरल भइरहेको छ।
बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लि क भएसँगै उनी विवादमा परेकी हुन्। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ।
३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन्। त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन्। विपक्षी नेताहरूले मरिनले ला गु पदा र्थ सेवन गरे/नगरेको परीक्षण गर्नुपर्ने माग गरेका छन्।
मरिनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताएकी छन्। ‘मैले र क्सी पि एकी हुँ, नाचगान पनि गरेकी हुँ। यी सबै कुरा कानुनी हुन्,’ उनले भनेकी छन्। लागुप दार्थ से वनको परीक्षण गर्न पनि आफू तयार रहेको बताएकी छन्।
उनले भिडिओ लि क भए पनि आफूले जीवनशैली परिवर्तन नगर्ने बताएकी छन्। ‘म जस्ती थिएँ, त्यस्तै भएर बाँच्छु,’ उनले भनेकी छन्।
यो पनि,
राजापाक्षे स्वदेश फर्कने
श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन्। राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेको उनका भतिजा उदयांगा वीरातुंगाले बताएका छन्। अभूतपूर्व आर्थिक संक’टपछि व्यापक सरकारवि रोधी प्रद र्शनबीच राजापाक्षे देश छो डेर भागेका थिए।
२ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपु’थलको सामना गरिरहेको छ। खाद्यान्न, औषधि, इन्धन र अन्य आवश्यक सामग्रीहरू किन्न लाखौँ मानिसले सं’घर्ष गरिरहेका छन्। गत मार्चमा सुरु भएको विशाल प्रदर्शन राजापाक्षेको राजीनामासँगै टुंगिएको थियो।
सन् २००६ देखि २०१५ सम्म रुसका लागि श्रीलंकाका राजदूत रहेका वीरातुं’गाले भने, ‘उनले मसँग फोनमा कुरा गरे, म तपाईलाई भन्न सक्छु कि उनी अर्को हप्ता स्वदेश फर्किनेछन्। ’
७३ वर्षीय गोटाबाय अगस्ट २४ मा फर्कन सक्ने तर, उनलाई पुनः निर्वाचित गर्न नहुने वीरातुंगाले बताए । ‘तर उसले अझै पनि देशको लागि केही सेवा गर्न सक्छ जुन उसले पहिले गरेका थिए’, वीरातुंगाले भने।
राजापाक्षे हाल थाइल्याण्डको राजधानी बैंककको मुटुमा रहेको एउटा होटलमा बसिरहेका छन्। सुर’क्षाका कारण प्रहरीले उनलाई कोठाभित्रै बस्न सल्लाह दिएको छ । उनी ११ अगस्टमा सिंगापुरबाट थाइल्यान्ड गएका थिए।