जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा मौसम बदली रहने र केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। अहिले देशभर स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
महाशाखाका अनुसार शनिबार बिहान देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यातय सफा रहेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ९.४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।