प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । ओली आज बिहानै चुनावको सन्निकटताका बीच बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच नागरिकता विधेयक र प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बे’पत्ता पारिएका व्यक्तिको छा नविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति जनाएका छन्।
एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दु’स्साहस गर्दैछ-प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले नागरकिता विधेयकबारे गलत प्रचार गरेको बताएका छन् । एमालेले एमाले रा’ष्ट्रवादको मु’कुण्डो लगाएर भोट बटुल्ने दु’स्साहस गरिरहेको उनको भनाइ छ ।
बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले उनले भने, ‘यो विधेयकको सारतत्व भनेको आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय हो । नागरिकता नहुँदा ७ लाख युवा अवसरबाट वञ्चित थिए । यसलाई रा’ष्ट्रघा’ती भन्नु पाख’ण्ड हो ।’
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको उनको भनाइ छ । ‘एमाले राष्ट्र’वादको मुकु’ण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्सा’हस गरिररहेको छ,’ प्रचण्डले भने, ‘तर जनता सचेत भइसकेका छन् । यस्ता पा’खण्डी प्रचारको पछि लाग्दैनन् ।’

