काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ!’ काठमाडौं महानगरले पछिल्लो समय अनधि’कृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलाइरहेको छ।
कार्य रोकिने छैन- काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले अवैधरूपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्का’उने काम निरन्तर जारी राख्ने भएको छ । ‘यो अभियानको रूपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अ’वैधरूपमा निर्माण भएका संरचना बाँकी राखिने छैन,’ काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्सालले भने ।
नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरूप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए । ‘संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरूप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ,’ उनले भने ।
सोही क्रममा बुधबार बसुन्धरास्थित काठमाडौं मलको आसपासमा निर्माण भएका अन’धिकृतरूपमा बनाइएको संरचनामा डो’जर लगाएर भत्का’इएको छ । त्यसैगरी प्रमुख साहको उपस्थितिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अन’धिकृत संरचना पनि डो’जर लगाएर भ’त्काइएको छ । बुधबार नै प्रमुख साहले दरबारमार्ग पुगेर अनधि’कृत संरचना हटाउन निर्देशन दिएका थिए ।
यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएका स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, ‘अब विगतमा झैँ मनोमानी चल्दैन यो कार्य नियमितरूपमा चल्छ ।’
यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि बुधबारदेखि अ’वैध संरचना भ’त्काउने काम सुरु गरिएको छ ।

