पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदममाथि प्रश्न उठाएका छन् । उनले सैनिक अधिकारीहरूसँग भेट गरेको भन्दै आपत्ती जनाएका छन् ।
आज बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरूलाई निवासमा बोलाएर डिनर गराउनुले श’ङ्का जन्माएको बताए ।
उनले कुनै अ’निष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताए । उनले भने, ‘राष्ट्रपतिले सेनाका पूर्व अधिकारीरूलाई निवासमा बोलाएर डिनर गराउनुले श’ङ्का जन्माएको छ । के गर्न खोजेका छन् राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्न पनि खडा भएको छ ।’
अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरूको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताए । नेपाली राजनीतिमा प्रतिगामी र राज’तन्त्रवादीलगायतका ‘शक्तिहरूको क्रिया’शिलताको सम्बन्धमा पनि आफूहरूको नजर पुगिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गएको पालिका चुनावमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताए । उनले २७ प्रतिशत उम्मेदवार उठाउँदा नौ लाखभन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गरे ।
उनले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताए । उनले आउँदो चुनावमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिह्न प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

