काठमाडौं महानगरका मेयर बालेन शाहले बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे । साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे ।
महानगरपालिकाले महिला कर्मचारीहरुका लागि बिहीबार तिज विशेष कार्यक्रम आयोजना गरेको हो । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोल उपस्थिति थिए ।
मेयर साह कार्यक्रममा बिन्दास मुडमा पेश भए । काठमाडौंका विभिन्न स्थानमा बनेका अवै’ध सं’रचना भत्काउँदै हिँडेका उनी तिज कार्यक्रममा भने तना’वमुक्त देखिन्थे । सो कार्यक्रममा भाग लिएपश्चात साह वानेश्वर आएर अल्फाबिटा कम्प्लेक्समा डो’जर हा’न्न आइपुगेका थिए ।
तिज विशेष कार्यक्रममा मेयर साह महिला कर्मचारीहरुसँग कम्मर मर्काउँदै नाचेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उपमेयर सुनिता भने नाच्न लजाएकी छन् । उनले उभिएर थपडी मात्रै बजाएको देखिन्छ ।
हिजै अल्फाबिटाले नक्शापासविना बनाएको संरचना भत्काउन बालेनसँग भवनका मालिकको चर्का’च’र्की भयो । बालेनसँग नक्शा मागियो । नक्शा भवन धनीसँग हुनुपर्ने भन्दै चर्किए । त्यसपछि बालेन सिधै महानगरपालिका कार्यालय पुगे ।
नक्शा र डो’जर लिएर पुगे । धमाधम संरचना भत्का’उन थाले । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘उहाँले आफ्नै नक्शा मलाई माग्नु भयो । मैंले अफिस गएर नक्शा र डोज’र लिएर गए । मैंले के बिराए ।’

