काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा गत स्थानिय चुनावमा मेयरमा पराजित एमाले नेता केशव स्थापितले महानगरको पछिल्लो गतिविधिमा आपत्ती जनाएका छन् । उनले कांग्रेस नेता प्रकाशमान सिंहले जित्ने माहोल बनाउन काठमाडौंमा संरचना भत्काउन थालिएको भन्दै आपत्ती जनाएका हुन्।
स्थापितले प्रकाशमानको माहोल बनाउन प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ अघिअघि लाग्ने र काठमाडौंका मेयर पछि लाग्ने भइरहेको बताए। उनले बानेश्वर प्लाजाको संरचना भत्का’एर र नर्भिक अस्पतालका संरचना हटाउन खोजेर प्रकाशमानका लागि माहोल बनाएको आ’रोप लगाएका हुन्।
‘बानेश्वर, थापाथली भनेको प्रकाशमानको क्षेत्र हो,’ स्थापित भन्छन्, ‘दीपेन्द्रले जहाँ जहाँ भन्यो त्यहाँ भत्का’उँदै हिँडेको छ। काठमाडौंमा यस्तो बनाउँछु, यसरी गर्छु भनेर प्लानिङसहित ह’ल्ला गर्दै हिँडेको छ।’
स्थापितले दीपेन्द्रले आगामी चुनावका लागि तयारी गरेकोले आफूलाई फाइदा पुग्नेगरी संरचना भत्काउन थालेको बताए। ‘दीर्घकालिन गर्ने भनेर गरेको छैन। नेपाली कांग्रेसको प्रवक्ता बनाएको छ। स्वतन्त्र मेयरको प्रवक्ता कांग्रेसको कसरी हुन्छ ? धनपतिलाई किन हटाएकोरु,’ स्थापितले प्रश्न गरे।
उनले बालेन्द्र शाहका गतिविधिले एउटा पार्टीको सेवा मात्रै गरेको बताए। बानेश्वरमा दीपेन्द्र श्रेष्ठ बालेन्द्रको अघिपछि लागिरहेकोमा उनले आशं’काले हेरेका छन्।
‘यो क्षेत्रमा प्रकाशमान आउने कि भनेर गरिएको प्रचार हो। भोट माग्न सजिलो होला भनेर गरेको हो। यो कुनै लङ’टर्मको लागि भएको होइन,’ उनले भने।
काठमाडौं महानगरले बुधबार काठमाडौं मलसहित आरबी कम्प्लेक्सका अ’वैध संरचना भत्काएको छ। स्थापितले काठमाडौं मलको पहिलो तल्ला आफ्नो पालामा पास भएको बताएका छन्।
‘पहिलो तला मेरो पालामा पास भएको हो। त्यहाँको फस्ट फ्लोर पनि कार पार्क नै हो,’ उनले भने, ‘अहिले जाँदा ग्राउ’न्ड फ्लोर जुन बाहिर देखिएको छ त्यो कार पार्क भनेरै पास भएको छ। बिचमा मु’द्दा चलेको पनि थियो।’
स्थापितका अनुसार लगभग ३ सय वटा जति पहिला कार पार्किङ भनेर स्वीकृति गरेको थियो। काठमाडौं मलकै फस्ट फ्लोर पनि ३ सय पसल छन्। त्यो नै कार पार्किङ भनेर पास भएको हो।
‘आरबी कम्प्लेक्स पनि मेरो पालामा गुठीसुठी लगायतका धेरै मान्छे मिलेर बनाएको कुरा हो। त्यहाँ बिजनेस गर्ने ठाउँ होइन,’ स्थापितले भने, ‘काम गरिरहेका छन्, मेरो वि’रोध पनि समर्थन पनि रहेन।’

