पूर्व प्रधानमन्त्रीसमेत नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बोल्दाबोल्दै माइकको लाइन काटिएपछि ठट्टा गरेका छन् । पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंको थापागाउँमा चलिरहेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गरिका थिए ।
अध्यक्ष नेपालले बोल्दै थिए, बोल्दा–बोल्दै माइकको लाइन काटियो । माइक नचलेपछि अध्यक्ष नेपालले ठट्टा गरे– कहाँबाट भाइरस पसेछ ?
‘बोल्दा बोल्दै के भयो ? एक भाइ के भएको हँ ?,’ अध्यक्ष नेपालले अपरेटरलाई सम्बोधन गर्दे अघि भने, ‘भाइ नचलाउ न है ।’निकैबेर माइक नचलेपछि नेपालले भने, ‘कहाँबाट भा’इरस पसेछ । एक भाइ हेर्नुपर्यो ।’
फेरि पनि माइकको लाइन आएन । अनि फेरि नेपालले भने, ‘कतै भाइ’रस त पस्या छैन ? हेरौँ है ।’ त्यसपछि भने हलमा एकछि हाँसो चल्यो ।
यो पनि,
झलनाथ खनाल इलाम-१ बाट सिफारिस
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् ।
मंसिर ४ गते हुन गईरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ ।
प्रदेशसभा निर्वाचनका लागि प्रदेश- को क र खका लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वाला लगायतलाई भने क्षेत्र नम्बर-२ क र ख का लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।

