काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पछिल्लो समय कार्यलाई तिव्रता दिइरहेका बेला नेताहरु पक्ष विपक्षमा आउन थालेका छन् । नेकपा एमालेका सांसद महेश बस्नेतले उनको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
बस्नेतले काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित गर्दै ‘घरका नक्सा हेर्ने भू’त सवार भएछ’ भन्ने टिप्पणी बिहीबार बेलुकी गरेका थिए। भत्का’उने र ध्वं’श गरेर हिरो बन्छु भन्ने तपाईंलाई लागेको होला भन्दै उनले बालेनप्रति टिप्पणी गरेका थिए।
यसैप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्र’हार गरेका छन्। ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसि लाग्यो। तपाईंलाई सबैको घरको नक्सा हेर्ने भु’त सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्का’उने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भना’भन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्का’एका थिए।
‘यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन्।
यस्तै, फेसबुकमा गा’ली गर्ने (क’मेन्ट गर्ने) केहीलाई सुधा’र गृहमा लैजाने अभियान चलाउने बताएका छन्। उनले सामूहिक भावनाअनुसार अगाडि बढ्नुपर्ने बताउँदै मपाईंत्व गर्ने र गा’ली गर्नेहरूलाई सुधार गृहमा लगिने बताए।
काठमाडौंको तीनकुनेमा रहेको ग्ल्यासियर कलेजले शुक्रबार बिहान गरेको कार्यक्रममा बोल्दै बस्नेतले हिजोआज लोकप्रियता’वादी हुन खोज्ने प्र’वृत्ति देखा परेको बताए।
‘म’पाईंत्व, न’वउदारवाद मुर्दा’वाद! जुन ढंगले लोक’प्रियतावादी हुन खोज्ने प्र’वृत्ति देखिएको छ। तर सबै मिलेर सामूहिक ढंगले हिँड्ने हो, देश बनाउने हो,’ उनले भने।



