अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता भएको छ । निहारिका राजपुतले उनको रकम १ हजार थपेर फिर्ता गरेकी छिन् । चरि’त्रह’त्या गर्ने गरी आरो’पितसँगको आफ्ना ‘नि’जी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन् ।
आज शुक्रबार उनी करिश्माको घर गएकी थिइन्। घरनजिकै तिज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन् । निहारिकालाई करिश्माले २० हजार रकम दिएकोमा निहारिकाले एक हजार थप गरी २१ हजार रुपैयाँ फिर्ता गरेकी हुन् ।
न्यायको माग गर्दै नाबाल’क छोरासहित निरन्तर लडिर’हेकी निहारिकालाई अ’नशन’स्थल पुगेर करिश्माले छोरासहित उनलाई ‘एड’प्ट’ गर्ने इच्छा व्यक्त गरेकी थिइन् । तर, त्यसको केही दिनपछि नै उनले आरो’पित शिवराज श्रेष्ठसँग निहारिकाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निहारिका का’नुनी उप’चारमा जाने भएकी छिन् ।
गत असार २ मा अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा अन’सनमा रहेकी निहारिका राजपुत र उनको छोरालाई ‘एड’प्ट’ गर्न चाहेको बताएकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ब’ला त्कारपछि जन्मि’एका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन् ।
करिश्माले निहारिकाको अवस्था देखेर आफू वि’क्षिप्त भएको र उनी अन’सनरत स्थानमा जान समेत आँट नआएको । निहारिकालाई आफ्ना म्यानेजरले भेटेर केही आर्थिक सहयोग समेत गरेको उनले जानकारी दिइन् ।
करिश्माले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाइ विनोदजी म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’

