पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीज विशेष कार्यक्रम आयोजना गरेका छन् । तीजका अवसरमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरुका लागि आयोजना गरिएको कार्यक्रममा छमछमी नाचेका छन् ।
हरेक अवस्थामा आफूलाई प्रस्तुत गर्न माहिर ओलीले कार्यक्रमको उद्घाटन हार्मोनियम र गितार बजाएर गरेका थिए । आजै पार्टी कार्यालयमा केन्द्रीय कमिटीको बैठकपछि तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
अध्यक्ष ओलीसँगै पार्टीका अन्य नेताहरुले पनि नाचेका छन् । महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल तथा उपस्थित अन्य महिला नेतृहरु नाचेर रमाइलो गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरुलाई तीजको अवसर पारेर स्वागत गरेका छन् ।
बैठक समापनपछि एभरेष्ट होटलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीसहितका नेताहरु सहभागी छन् । एमालेले आयोजना गरेको स्वागत कार्यक्रममा तीज गीतका नृत्यहरु समेत देखाइएका छन् ।
केन्द्रीय सदस्यहरु आ आफ्नो कार्यक्षेत्र फर्किनुअघि अध्यक्ष ओलीले रात्रीभोज दिएका हुन् । अध्यक्ष ओलीले हार्मोनियम बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
हार्मोनियम बजाउँदै ओलीले गीतको भाका समेत देखाउन खोजेका थिए भने उपाध्यक्ष सुवास नेम्वाङले गितार बजाउन मेलो नपाएपछि ओलीले नै खोसेर गितार बजाएका थिए ।

