साहस ऊर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भइएको छ । कम्पनीले जारी पुँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेको हो ।
कम्पनीको उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एसीई क्यापिटल रहेको छ । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्ने छ । कम्पनीले सर्वसाधारण र स्थानीयको लागि आईपीओ निष्कासन जनाएको छ ।
आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलायो आइएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस पछि हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनी सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्ता पूँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३९ लाख ८६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७६ लाख ६४ हजार रुपैयाँ पुग्नेछ ।