सुन्धारास्थित ‘काठमाडौं मल’ नक्सै पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकाले मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको जनाएको छ ।
भुइँतलासम्म मात्र नक्सा पास गरेर अ’वैध रूपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरू राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अन’धिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।
काठमाडौं मलको भवन कर्मचारी सञ्चय कोषले आफ्नो जग्गामा व्यावसायिक प्रयोजनका लागि निर्माण गरेको हो । तर, अहिले आएर नक्सा पासबिनै निर्माण गरेको खुल्न आएको छ ।
महानगरपालिकाले पटकपटक सूचना दिएर अभिलेख गराउन अनुरोध गर्दासमेत अटेरी गरेको जनाएको छ । कानुनी हिसाबले मलको संरचनालाई महानगरपालिकाले ‘नचिन्ने’ भन्दै नक्सा पास विवरण ल्याउन पुनः आग्रह गरेको छ ।
नक्सा पास नभए स्थानीय सरकार सञ्चालन ऐनअनुसार गरिएको व्यवस्थाबमोजिम कारबा’ही गर्ने पक्षमा महानगर पुगेको राजधानी दैनिकले लेखेकाे छ ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पासवि’परीत बनाइएका संरचना भ’त्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह (बालेन) आफैँ उपस्थित भएर अन’धिकृत संरचना भत्काउन थालेका हुन् ।
नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धरा, न्युरोड, दरवारमार्ग र बबरमहल क्षेत्रमा अन’धिकृत रुपमा बनाइएका संरचना भ’त्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।

