प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धन्यवाद दिएका छन्। कुनै बेलाका सहयात्री ओलीलाई सम्झिँदै उनले माओवादीलाई क्रा’न्तिकारी बनाइदिएकोमा प्रशंसा गरेका हुन्।
‘हाम्रो पार्टी त्यस्तो हो, जसको क्रा’न्तिकारी रुपान्तरणको सम्भावना बाँकी छ, अन्य पार्टीबाट त्यो सम्भावना छैन,’ बागमती प्रदेशबाट पदाधिकारी, केन्द्रीय सदस्यहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चुनावदेखि चुनावबाट मात्र यो पार्टी क्रा’न्तिकारी रहिरहँदैन। यस मानेमा केपी ओलीलाई धन्यवाद !किनकी उनले दुई चोटी संसद वि’घटन गरेर हामीभित्रको क्रा’न्तिकारीपन जगाउन योगदान गरे।’
अध्यक्ष प्रचण्डले २०७४ को स्थानीय तह चुनावमा बागमती प्रदेशबाट जितेको ५० सिट यसपटकको स्थानीय चुनाव (३० वैशाख २०७९) गुमाएर पहिलो वामपन्थी बन्न नसकेको बताए।
‘बागमती प्रदेशमै देशकै पहिलो वामपन्थी पार्टीका रुपमा स्थापित गर्न सक्थ्यौँ। तर, गत चुनावमा जितेको ५० पालिका यस पटक जित्न सकेनौँ,’ प्रचण्डले भने।
उनले माओवादीभित्रको कु’ण्ठा र अन्तरवि’रोध हल गर्न सके पहिलो कम्युनिष्ट पार्टी हुने ठोकुवा गरे। ‘हामी भित्रको अन्तरवि’रोध र कु’ण्ठा हल गर्न सक्दा अहिले पनि देशकै पहिलो कम्युनिष्ट पार्टी बनाउन सक्छौँ,’ नेताहरुसँग प्रचण्डले भने।
यस्तै, प्रमुख प्रतिपक्षी एमालेले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । शनिबार सकिएको एमाले केन्द्रीय समिति बैठकले ओलीलाई प्रधानमन्त्रीमा अघि सारेर ४ मंसिरको निर्वाचनमा मतदातासँग भोट माग्न जाने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ओलीलाई प्रधानमन्त्री उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको बताए ।
राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलबाट अध्यक्षलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा जानुपर्ने सुझाव आएकाले त्यस्तो निर्णय गरिएको गुरुङको भनाइ थियो । ओली संविधानसभाबाट संविधान जारी भएपछि पहिलोपटक २०७२ असोज २४ मा प्रधानमन्त्री भएका थिए ।
प्रचण्डसँगको आलोपालो प्रधानमन्त्रीको सहमति पालना नगरेपछि माओवादीले ९ महिनापछि समर्थन फिर्ता लिएसँगै ओली सरकार ढलेको थियो । ०७४ फागुन ३३ मा दोश्रोपटक पनि ओली प्रचण्डकै समर्थनमा प्रधानमन्त्री भए ।
निर्वाचनमा गठबन्धन गरेका एमाले र माओवादीले बहुमत ल्याएपछि ओली प्रधानमन्त्री बने । दुई दलबीच पछि पार्टी एकता नै भयो । तर, पार्टीभित्र ओली र प्रचण्ड–माधव नेपाल पक्षबीचको वि’वाद चर्किँ’दै जाँदा ओलीले प्रतिनिधिसभा विघ’टन गरे । दोश्रो पटकको प्रतिनिधिसभा विघ’टनविरु’द्ध प्रचण्ड र नेपाल अदालत गए ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाए पनि उनी ओली हटाएर देउवालाई प्रधानमन्त्री बनाउन तयार भइनन् । अदालतमा मुद्धा परेपछि बहुमतको समर्थन रहेको भन्दै २०७८ असार २८ मा प्रतिनिधिसभा वि’घटन बदर गर्दै सर्वोच्चले ओलीलाई पद’मुक्त गर्ने फै’सला सुनाएको थियो ।
त्यसयता ओलीले जनमतबाट आएको आफूलाई परमादेशबाट हटाइएको भन्दै सिंहदरबारको मुल ढोकाबाट छिरेर प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।

