काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा जोगीमा भेषमा एक व्यक्ति छिरेका छन् । उनको घरभित्रै गएर भ’ष्म गरिदिन्छु भन्ने एक व्यक्ति एकजना पक्राउ परेका छन् ।
जोगीमा भेषमा रहेका उनी ‘भ’ष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्रा’उ गरेको हो । उनलाई अहिले ‘प्रह’री हिरा’सतमा राखिएको छ । उनीबारे अनु’सन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसे’का कारणले पक्रा’उ गरिएको उनले जानकारी दिए । घरभित्रै पसेर ‘भ’ष्म गर्दिन्छु’ भन्दै बालेनलाई दु’र्व्यवहार गरेपछि उनलाई प’क्राउ गरिएको थियो ।
जोगीको भेषमा रहेका उनले ‘भ’ष्म’ गरिदिने चेतावनी दिएका थिए । भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भना’भन भएको थियो ।
जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए । झण्डै एक घण्टा सकडमा भीड’भाड भएको थियो ।
पछि प्रहरी आएर उनलाई लगेको थियो । मेयर बालेन पछिल्लो समय अवै’ध संरचना भत्का’उँदै हिँडेकाले उनीविरु’द्ध सक्रिय गि’रोहले परिचालित गरेका व्यक्ति हुनसक्ने मेयर समर्थकहरुको दाबी छ ।
कानुनअनुसार नै अनधिकृत संरचना हटाएका हौँ- बालेन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले कानुनअनुसार नै अन’धिकृत संरचना हटाएको प्रष्टीकरण दिएका छन्।
उनले निकालेको प्रेस विज्ञप्तिमा ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अ’तिक्र’मण गरी भएको अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुन्छ।
कुनै पनि अन’धिकृत निर्माण कार्य वा आफैँले गरेको कबुलियत उ’ल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो।’ लेखिएको छ।
अन’धिकृत संरचना भत्का’उन डो’जर लिएर आफैँ हिँडेपछि राजनीतिक दलका नेताहरु मेयर बालेनवि’रुद्ध खनिएका छन् । महानगरलाई सुन्दर र सफा बनाउनुभन्दा कार्यकर्ता खुसी पार्ने ध्याउन्नमा लागेका दलको वि’रोधपछि मेयर साहले आफूमा अन्तर्निहित कार्यकारिणी अधिकार प्रयोग गरेरै काम गरिरहेको जनाएका हुन् ।
अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अति’क्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएको उनले बताएका छन्।
कानुनको पालना गर्न ३५ दिनको सूचना दिँदा पनि अटे’र गरेपछि गैर कानुनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नुपरेको उनले बताएका छन्।

