पूर्वमन्त्री तथा नेकपा एमाले सांसद महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन शाहसँग आक्रो’श पाखेका छन् । उनले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आ’पत्तिजनक अभिव्यक्ति दिएका छन् ।
सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आ’रोप लगाएका हुन् ।
काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले, नत्र हातगोडाले भए पनि सम्झाउन भन्दै उ’क्साएका हुन् ।
युथफोर्स नामक दस्ता बनाएर एमाले राजनीतिमा चर्चा पाएका बस्नेत अध्यक्ष केपी ओलीका प्रिय पात्र मानिन्छन् । ओली प्रधानमन्त्री रहेका बेला दलफुटाउ अध्यादेश जारी गर्ने बेला उनले पूर्वआइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अप’हरण शै’लीमा मधेशबाट रातारात काठमाडौं ल्याई होटलमा राखेका थिए ।
बस्नेतले बालेन लक्षित गर्दै आ’गो बल्न थाल्दा स्याउलाले निभाए पनि आ’गलागी भएमा पछि के गर्ने भन्दै युवालाई प्रश्न गरेका थिए । बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हात’गो’डा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले बेहोर्छ ।’

