नागरिकता विधेयक संसदमा नै फिर्ता गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राजीनामा दिन लागेको हल्ला चलाएर नेकपा समाजवादीका नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने भित्री तयारी भएको कुरा खोलेकी छिन् ।
नागरिकता विधेयक संसदमा नै फिर्ता गरिदिएपछि राजनीतिको केन्द्र भागमा देखा परेकी राष्ट्रपति भण्डारीले सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा समाजवादीका नेताहरुले आफ्नो राजीनामाको हल्ला चलाएकोसमा चर्को असन्तुष्टि पोखेकी छिन्।
मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको टोलीसँग राष्ट्रपति निवास शीतलनिवासमा भेटघाट गर्दै उनले आफ्नाविरुद्ध हल्ला चलाएर झलनाथलाई राष्ट्रपति बनाउने ष’ड्य’न्त्र भइरहेको बताएकी हुन्।
राष्ट्रपति भण्डारीले नागरिकता विधेक फिर्ता गरेपछि असन्तुष्ट बनेका मधेश केन्द्रित दल लोसपाका नेताहरु राष्ट्रपति भण्डारीलाई भेट्न बाबुको मुख हेर्ने दिन भाद्र ११ गते शीतलनिवास पुगेका थिए।
कुराकानी चल्दाचल्दै लोसपाका नेता शरतसिंह भण्डारीले राजीनामा दिने हल्ला व्या’पक चलेको छ त्यो के हो? सम्माननीयज्यूले राजीनामा दिन लाग्नु भएको हो ररु भनी राष्ट्रपति भण्डारीलाई प्रश्न गरेका थिए।
यसको जवाफ दिँदै उनले यो सुनि’योजित हल्ला भएको बताएकी थिइन्। सहभागी एक नेताका अनुसार, उनले स्पष्ट भाषामा आफूले राजीनामा नदिने बताएकी थिइन्। र, नेकपा एकीकृतका सम्मानित नेता झलनाथ खनालको नाम नै लिएर उनले खनाललाई राष्ट्रपति बनाउन ष’ड्यन्त्रपूर्वक हल्ला चलाइएको आफूले बुझेको र त्यस्ता हल्लाले आफूलाई कुनै फरक नपार्ने बताएकी थिइन्।
कार्यकाल नसकी राजीनामा दिएर एमालेको सक्रिय राजनीतिमा फर्कने र पार्टी अध्यक्ष हुने तयारी रहेको हल्ला चलाइएकोमा आक्रोशित भएकी उनले राष्ट्रपति पदको कार्यकाल सकिएपछि आफू फेरि प्रधानमन्त्री वा अन्य कुनै कार्यकारी पदको रत्तिभर पनि आकांक्षी नभएको स्पष्ट पारेकी थिइन्।
‘म अव चुनाव लडेर प्रधानमन्त्री हुने वा पार्टीको पदमा फर्कने भन्ने हल्ला चलाएर बद्नाम गर्न खोजिएको छ तर स्पष्ट होस् म त्यसो गर्दिन। कार्यकाल सकिएपछि म सामाजिक काममा मात्र सक्रिय रहन्छु’ उनले भनेकी थिइन्। यदि कुनै दिन कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन गर्ने अवस्था आयो भने त्यसका लागि भने आफू तयार हुने पनि उनले बताएकी थिइन्।
नागरिकता विधेयकको कुरा निकालेका मधेशी नेताहरुसँग आफूले यो समस्याको दीर्घकालीन समाधानका लागि छलफल होस् भनेर विज्ञहरुसँग लामो परामर्श गरी उनीहरुको रायअनुसार नै सार्वभौम संसदलाई थप छलफलका लागि पठाएकोमा हामीले पठाएको फिर्ता गर्ने ?
भन्दै छलफल नै नगराएको भन्दै उनले दुख व्यक्त गरेकी थिइन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोलीजस्तै गरेर नक्कल गर्दै उनले भनिन्, ‘हामीले पठाएको फिर्ता गर्ने? भन्दै छलफल नै गरेनन्।’
‘हामीले नागरिकतालाई विवादित नबनाऊँ, संघर्षपछि आएको कानुन हो, यसमा राजनीति नहोस् र मानिसहरुलाई राज्यविहीन नबनाइयोस् भनेर आफ्नो चासो राख्यौं, उहाँले आफूले दीर्घकालीन समाधान निस्क्योस भन्ने चाहेको बताउनु भयो’, भेटघाटमा सहभागी एक नेताले बताए।
‘तपाईंहरुका कुरा सुनौं, मेरो चाहिं नागरिकता विधेयकबारे निकै लामो मेहनत गरेर दीर्घकालीन समाधान निकाल्नका लागि पठाइदिएकी हुँ तर बहुत दुख लाग्छ मैले उठाएका सुझावहरुलाई सत्तारुढ दलका ५ जना नेताले पूरै बेवास्ता गरेर छलफल नै गराएनन्,’ राष्ट्रपतिले भनेकी थिइन्।
लोसपाका नेता महन्थ ठाकुरले राष्ट्रियताको कुरा भावनात्मक कुरा भएको र उसको जमिनसँग जोड्ने कुरालाई रेकर्ड राख्ने विषय नागरिकता भएकोले यसलाई वेवास्ता गर्ने कुराले असन्तुष्टि जन्माउने धारणा राखेका थिए।
त्यसैगरी राजेन्द्र महतोले यसपल्टको विधेयक बैवाहिक नागरिकतावाला इस्यू नै नभएको र जन्मसिद्धका सन्तानले नागरिकता पाउने कुरालाई विवादमा ल्याउनु नहुने बताएका थिए भने सर्बेन्द्रनाथ शुक्लले १० लाखको संख्यामा नेपालीहरु राज्यविही’न भएर बस्नु परेको तथ्यांक प्रस्तुत गरेका थिए।

