प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने तयारी गरिरहेका युवा सागर ढकाल फेरि काठमाडौँबाट डडेल्धुरा गएका छन् । उनी मंगलबार नाइटबस चढेर डडेल्धुरा लागेका हुन् । आफू हालसम्म पनि अविवाहित रहेको र मोदीले गुजरात बनाएझैँ आफू डडेल्धुरा बनाउने उनको भनाई छ ।
आफ्नो यात्राबारे सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो लेखेका छन् ।
**कथा ३२ बर्ष अघिको ८८ शेतिबिनि शिलाको (डडेल्धुराको घटाल बाबा) आशिर्बाद लिएर अब खप्तड बाबा जस्तै डडेलधुराको क्षेत्रलाई कर्मथलो बनाउन हिँडे **
आज डडेल्धुराको घटाल बाबाजस्तै गुल्मी, स्याङ्गजाको सेतीबेनी शिलामा आईपुगेर डडेल्धुरा जाँदै छु। करिब तीस वर्षअघि म आमाको पेटमा हुनुअघि मेरा बुवा आमाले यही शिलामा पूजाआजा गरेर शन्यासिको आशिर्वाद लिएर मेरो गर्भाधारण गर्नुभएको थियो।
खोइ कसरी हुर्केँ, आफैलाई थाहा छैन । मेहनत बेजोड गर्छु परिणामको आशा गर्दिन , सबै चिज मेहनत पछि भगवान्लाइ सुम्पिन्छु। शायद यो मेरा आमाबुवाको र आफ्नो मेहनत भन्दा पनि भगवानको नै लेखा होला ।
मैले अहिलेसम्म एक पटक पनि चुरो’ट खाएको छैन , एक थोपो र’क्सी मुखमा परेको छैन र एक चोक्टा मा’सु त परै जाओस् , अ’ण्डा पनि शरीरमा परेको छैन ।
यद्यपि मेरो मामाघर र बूढो मामाघरमा भने यो लागू हुँदैन। धेरै देश डुल्दा पनि यौ’नरकाममा अझै एक पटक पनि फसे’को छैन। बिहे गरेको छैन, श्रीमती छोराछोरी कोही छैनन्।
ढिलो चाँडो खप्तडबाबा जस्तै सन्न्यास लिएर खप्तड बाबातिरै कुटी बनाएर, मजाले आनन्दले पढेर बस्छु, त्यस्तै जिन्दगी बिताउँछु। एउटा सानो झोला लिएर डडेल्धुरा हिँडेको छु , केही नथपी यही झोला लिएरै डडेल्धुराबाट खप्तड क्षेत्र फर्किन्छु ।
सुन्छु डडेल्धुरामा र’क्सी लगायतको दुर्व’यसनिको असर महिला बालबालिकामा व्यापक छ। बिसेष गरि चुनावमा अधिकांश जनतालाई न’शा र पैसामा डुबाएर चुनाव किनिएको हुन्छ जितिएको हुदैँन। मेरो आनिबानिले पनि यो समस्या हल गर्न धेरै ठुलो भुमिका खेल्छ। मैंले चुनावमा सकेको कम पैसा खर्च गर्नेछु , र’क्सि मासु केहि पनि खुवाउदिन, त’डक भड’क केहि पनि गर्दिन ।
ईन्जिनियरिङ् क्षेत्रमा देश विदेशमा धेरै मोडेल बनाए , अब नेपालको सबै भन्दा कठिन क्षेत्रमा देश विकास गर्ने सोच भएको चुनाव जित्ने मोडेल स्थापना गराएर नै छोड्छु। २ करोड युवाहरुको आशाको किरण बनेर छोड्छु।
५ बर्षमा एक पटक हेलिकप्टरमा आएर रिसोर्टमा बसेर चुनाव लड्नु हुदैँन । डडेल्धुराका जनताको आँसु र समस्या हेलिकप्टर र रिसोर्टबाट बुझिँदैन। यस्तो काम वीपी र गणेशमानजस्ता आदर्श नेताहरूको खुलेआम खिल्ली उडाए सरह हो। यसको समाधानको लागि अब म डडेल्धुराको प्रत्यक बस्तिमा बस्नेछु। जनताको आवाज सुन्नेछु , समस्या टिप्नेछु र सकेको समाधान दिनेछु।
हजुरबुवाहरूको राजनितिक सफलता भयो र हामीले सम्मान पनि गरौ तर अब विकासको लागि बालेनहरू आइसकेका छन् , सागरहरू आउँदै छन् । उनीहरूलाई दुःख नदिइकन बाटो खाली गरौँ ।
जे जे भए पनि अब उहाँहरूको मेहनत र कामलाई सम्मान गर्दै देशभरिबाट हजुरबुवाहरुलाई बिदा गरौँ । अहिलेको चुनावमा नै उठ्दै नउठ्ने वातावरण बनाऔँ । अब देशको साँचो पढेलेखेका , देश विदेश बुझेका बालेनहरू र सागरहरूलाई जिम्मा दिने वातावरण निर्माण गरौँ।
हजुरहरू सबैको सहयोगको आशा बोकेको छु। मेरो ठूलो टिम पनि छैन, पैसा पनि छैन र सङ्गठन पनि छैन । मसँग मात्र हिम्मत, आँट, इमान्दारी छ । केजरिवाल, मोदी, योगी र सि जिनपिङमा जस्तो कट्टर भन्दा कट्टर अनुशासन छ । मेरो भरोसा मात्र जनता मात्र जनता हुन्। हजुरले जिताए जित्छु , हराए हार्छु।
यसपालिको चुनाव महाभारतको जस्तो ल’डाइँ हो । एकातिर कौरवहरू छन् (एमाले सहित गठबन्धन र ठगबन्धन, देश लु’टेका सिध्दान्तहिन पार्टीहरू ) र अर्कातिर पाण्डवहरू छन् । विना कुनै पुस्तैनी वा पार्टीगत आडभरोसा देशविकासको दृढसङ्कल्प गर्ने रवि, बालेन, हर्क,हमालदेखि सागरसम्म पनि कौरवहरूको सत्ता ढाल्ने सङ्कल्पले उभिएका छन् ।
पाण्डवहरूका पक्षमा कौरवहरूसित जस्तो विशाल अक्षौहिणी सेना त थिएन तर कृष्ण थिए , सत्य थियो , धर्म थियो । धृतराष्ट्रको राजकीय सहयोग थिएन तर विधवा कुन्ती र माद्रीको आशीर्वाद थियोे । तपाईँ कौरवहरुसँग हुने कि पाण्डवहरुसँग रु कित्ता क्लियर गर्नुहोला । सकेको छिट्टो । ढुक्क हुनुस् , सत्यको नै जित हुन्छ। जसरी हुन्छ , विकास हुन्छ हुन्छ र हुन्छ नै ।
यसको लागि अब म सधै भरिलाइ खप्तड बाबालाई शिरमा राखेर डडेल्धुरालाई विकासको मोडेल बनाउन हिडेको छु।जसरि मोदीले गुजरात बनाए, केजरिवालले दिल्ली र योगीले उत्तर प्रदेश, सि जिनपिंगले हाङ्जावो बनाए , त्यस्तै सागरले डडेलधुरा बनाउने हो र डडेलधुराको मोडेल भनेको नै देश विकास गर्ने मोडेल हो।
जनतालाई न’शा र पैसामा नडुबाई चुनाब जितेर डडेल्धुराका जनताको आवाज लिएर संसदमा फर्कनेछु। जय सेतीबेनी शिला, जय घटाल बाबा ।
नोटस् दोस्रो पटक लामो समयको लागि डडेल्धुरा जादै गर्दा नाइट बसबाट यो पोस्ट लेखेको हुँ। अब १/१.५ महिनापछि काठमाडौंमा एक हप्ताको लागि भेटौला।

