राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेतालाई शीतलनिवास बोलाएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् ।
यसअघि पनि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपासंग नागरिकता विधेयकबारे परामर्श गर्दै आएका छन् । राष्ट्रपति भण्डारी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् ।
यो पनि, आ-आफ्नो निर्वाचन क्षेत्रमा जान माधव नेपालको निर्देशन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ-आफ्नो जिल्लामा जान निर्देशन दिएका छन् ।
युवा संघको आयोजनामा हुने मेची–काली जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आ-आफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका हुन् । उनले भने, ‘यो काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुहोस्, आ-आफ्नो जिल्ला जानुहोस् ।
आ-आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।’प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभएपनि समानुपातिमा भोट खसाल्नै पर्ने उनले बताए ।
उनले थपे, ‘जिल्ला जान मात्रै ठूलो कुरो होइन, तपाईं उम्मेदवार बन्ने हो कि होइन, त्यो ठूलो कुरा होइन । पार्टीको पक्षमा मत खस्ने कि नखस्ने कुरा ठूलो हो । त्यहाँ पार्टीको पक्षमा मत खसाल्न लगाउनुपर्ने हुन्छ ।
प्रत्यक्ष उम्मेदवार छ भने प्रत्यक्ष उम्मेदवारको पक्षमा, प्रत्यक्ष उम्मेदवार छैन भने पनि समानुपतिमा भोट खहाल्नै पर्ने हुन्छ ।’ उनले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्ने पनि बताए । मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरुले लाखौं भोट गुमाएको उनको भनाइ थियो ।

