नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । महेन्द्रनगरमा नेकपा एसका दुईजना केन्द्रीय सहितका कार्यकर्तालाई एमालेमा प्रवेश गराउन उनी त्यहाँ पुगेका हुन् ।
अध्यक्ष ओली केहीबेर अघि मात्र धनगढी अवतरण गरेका हुन्। धनगढीबाट सडक मार्ग हुँदै उनी महेन्द्रनगर जानेछन् । महेन्द्रनगरमा आयोजित कार्यक्रममा एसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा,प्रदेश अध्यक्ष बक्रिम शाही लगायतका नेताहरु आज एमालेमा प्रवेश गर्दैछन् ।
उनीहरुको स्वागतका लागि अध्यक्ष ओली सुदुरपश्चिम आएका हुन् । ओली धनगढी आइपुग्दा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसमेत स्वागतका लागि बिमानस्थल पुगेका छन् ।
काँग्रेस कार्यकर्तालाई ओलीको आग्रह – आउनुस् एमालेमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका कार्यकर्ता गठबन्धनदेखि पछुताइरहेको बताएका छन्। बुधवार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन्।
‘यो पार्टी सि’द्धिने भयो भनेर मनमनै धेरै रो’एका छन्। मनमनै छट्प’टाएका छन्। खोनेबेला थोरै पस्क है भन्छन्। सुत्नेबेला पार्टीको चिन्ताले निन्द्रा लाग्दैन’ ओलीले भने, ‘म साथीहरुलाई चिन्ता नलिएर एमालेमा आउन आग्रह गर्छु। देश बनाउने जिम्मा एमालेको हो।’
ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन्। ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ।’
यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर ‘म्याउम्या\उ गरेको बताएका छन्। साथै अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर खुसुखुसु गरेको उनले बताए।
‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नभयो ? म्याउम्या’उ म्या’उ गर्नुभयो। लिपुलेक,कालापानी फिर्ता देउ भन्नुपर्दैन ?’ ओलीले भने, ‘अर्को गठबन्धनको नेता जानुभो अलिपछि ।
उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो।’

