पछिल्ला दिनमा गृहमन्त्री बालकृण खाँण,काँग्रेस महामन्त्री गगन थापा, स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतसँग कुम र गाला जोडी फोटो खिच्दै एकजनाले सामाजिक सञ्जालमा हाल्न थालेका छन् ।
पहिले काँग्रेसी भन्ने गरेका यी व्यक्ति अहिले प्रभावशाली नेता जोसँग पनि फोटो खिचाउने अभियानमा देखिन्छन् । को हुन् त यी व्यक्ति ?
यी हुन् बेलायतमा सोझा र बृध्दबृध्दा भूतपूर्व गोर्खालाई ठगे’र नेपाल छिरेका सूर्य नेम्वाङ । जो अहिले नेपालका मन्त्री र नेताहरुसँग फोटो खिच्दै आफ्नो प्रभाव र पहुँच देखाउन थालेका छन् । कुनै बेला गोर्खा आन्दोलन र नेपाली काँग्रेसको गतिविधिमा सँलग्न सूर्य नेम्वाङ लेखपढ गर्न नजान्ने ज्येष्ठ नागरिकबाट कुस्त बटुलेर नेपाल आएका हुन् ।
उनी बेलायत जानुअघि विभिन्न आरोपमा प्रहरी अनुसन्धानमा तानिएको स्रोतको दाबी छ । लण्डनमा नेपाली ठगेर नेपाल आएपछि त्यसबारे सोधखोज गर्ने जो कोहीलाई उनले त’र्साउने र धम्का’उनेसम्मको कार्य गरेको पी’डितहरुले बताएका छन् ।
उनको बेलायतको क’माउ धन्दा अब त्यहाँको अदा’लतसम्म पुग्ने चरणमा रहेको बताइन्छ । आफन्तजनसहित धेरै बृद्धबृद्धा ठ’गिएको चाल पाएपछि एकजना गोर्खा सन्तान रविन राई अत्याचारवि’रुद्व र न्या’यका निम्ति जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको भन्दै सतहमा आएका छन् ।
नेम्वाङले परिवारका सदस्यलाई आवासीय भी’सा मिलाइदिने आश्वासनमा एकजना गोर्खाबाट पाँच हजार पाउण्ड सम्म लिने गरेको खु’लासा भएको छ । उनले ५ वर्षयता झण्डै पाँच सयभन्दा बढी भूतपूर्व गोर्खाहरुसँग पाँच हजार पाउण्डसम्म रकम असु’लेको बताइन्छ । उनले यस्तै धन्दा’बाट पाँचथरमा लिफ्टसहित पाँच तले घर ठड्याइरहेको चिन्नेहरु बताउँछन् । बूढाबूढीसँग पैसा उठाउन नेम्वाङकी श्रीमती आफैं घर घर पुग्ने गरेको स्रोतको दाबी छ ।
‘यो ठगले युकेमा रहेका मामा माइजूलाई मात्र होइन,नेपालबाट युके भिसा अप्लाइ गर्दा भीसा ग्यारेन्टीसहित आवेदनको फि पनि अत्यधिक अ’सुल गरिरहेको सूचना प्राप्त भएको छ’,रविन राई भन्छन्, ‘त्यसकारण फेरि पनि आम नेपाली दाजुभाइ,दिदी बहिनी र आमा बुबाहरुमा अनुरोध छ कि सूर्य नेम्वाङ कुनै वैधानिक मान्यताप्राप्त वकिल होइनन् । उनले अहिले गरिरहेको काम कानूनतः अवैधा’निक छ,अब तपाईंहरु न’फस्नुस् ।’
ठ’गीका समाचार फैलिएपछि एभरेष्ट ल सोलिसिट्स फर्मले उनलाई नि’श्कासन गरेको छ । सत्याग्रह संयुक्त संघर्ष समितिले पनि अभियानबाट हटाइसकेको छ । कानूनी उपचारको प्रक्रिया चलिरहँदा नेम्वाङले भने पाकिस्तानीको अर्को फर्म बोण्ड आडम्स् सोलिसिटर्स फर्ममा आबध्द भएर धु’त्ने काम जारी राखेका हुन् ।
यसरी धेरै नेपालीबाट असुलेर नेपाल फर्केका नेम्वाङले पीडि’तहरुलाई मनोवैज्ञानिक दबाब दिन नेताहरुसँग सामिप्यता रहेको फोटो प्रदर्शन गरेको सजिलै अनुमान लगाउन सकिन्छ ।

