काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को घरमा छिरेका जोगी छुटेका छन । बालेनलाई दु’र्व्यव’हार गरेको आरो’पमा प’क्राउ परेका ‘जोगी’लाई प्रहरीले तारे’खमा छाडेको हो । गत शनिबार राति उनी बालेनको घरमा छिरेका थिए ।
जोगीमा भेषमा ‘भ’ष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले प’क्राउ गरेको थियो । प्रहरी कार्यालयमा लगिएका उनले आफ्नो नाम फरक–फरक बताउँदै आएका छन् । उनको नागरिकता फेला नपरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।
एसपी मैनालीले भने, “उहाँमा मानसिक समस्या छ कि जस्तो लाग्छ । प्रहरीलाई नै भ’ष्म गर्दिन्छु भने । म पशुपति बाबाको भक्त हुँ, सबैलाई भ’ष्म पार्दिन्छु भन्छन् ।”
उनलाई आवश्यक परेको बेला प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडिएको छ । जोगीको भे’ष धारण गरेका उनी गएको शनिबार राति करिब साढे ८ बजे मेयर बालेनको घरभित्रै पसेका थिए । त्यहाँबाट उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भ’नाभन भएको थियो ।
ती व्यक्तिले आफूलाई प्रधानमन्त्री र मन्त्रीले समेत केही गर्न नसक्ने बताएका थिए ।

