नेपाली कांग्रेसका नेता, सांसद तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको केटाकेटीपन देखिएको छ । उनले आफ्ना वारे’समार्फत् जनआस्था प्रकाशन प्रा.लि.विरु’ध्द सोमवार ललितपुर जिल्ला अदालतमा दर्ता गराएको गा’ली बेइ’ज्जतीको मु’द्दामा मिडिया मास्टर कन्सेप्ट प्रा.लिद्धारा सञ्चालित बिजपाटीडटकममा कार्यरत २ जनाको नाम उल्लेख गरेपछि ठूलो गल्ती छताछुल्ल भएको हो ।
चौधरीको वा’रेस कस्तुभ शाही र चौधरी ग्रुपको तर्फबाट रामहरि सापकोटाले तयार गरेको फि’रादको मस्यौदामा जनआस्थाका सम्पादक र मार्केटिङ डाइरेक्टर भन्दै क्रमशः मोहम्मद अज्मत अली र लोचन खतिवडाको मोबाइल नम्बरसमेत उल्लेख गरी विप’क्षी बनाएर गम्भी’र त्रु’टी गरेका हुन् ।
जनआस्थाविरु’द्धको मु’द्दामा बिजपाटीका अध्यक्ष तथा सम्पादक अली र मार्केटिङ डाइरेक्टर खतिवडाको नाम राखेपछि अलीलाई म्याद बुझ्न भन्दै जिल्ला अदालतबाट फोन आएको थियो । चौधरीले गरेको गम्भी’र त्रु’टी’का कारण उनको मु’द्दा पे’शी नच’ढ्दै ढुस हुने भएको हो ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठले भने म्याद बुझेका छन् । ‘हामीलाई वि’पक्षी बनाएर हालेको मु’द्दामा तपाईंहरूको नाम कसरी लेखियो ‘? यो हास्या’स्पद छ’ श्रेष्ठले भने ।
यता बिजपाटीकर्मी अली र खतिवडा भने चौधरीले आफ्नो नाम दुरुप’योग भएको भन्दै का’नूनी कार’वाहीमा जाने तयारी गरेका छन् ।


