नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले आजै कुनै निर्णय नगर्ने बताएका छन् । उनले आजको आजै समर्थन फिर्ता लिनेबारे निर्णय हुने सम्भावना नरहेको बताए । उनले भने, ‘आज समर्थन फिर्ता लिइँदैन ।’
आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटि बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो । तर बिहान ११ बजे बोलाइएको बैठक स्थगित भइसकेको छ । नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषाले जानकारी दिइन् ।
अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ । अर्काे बैठक कहिले बस्ने भन्ने टुंगो लागि नसकेको भुषालले बताइन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घाेषणा गरेका थिए ।