४२ वर्षिय पुष्पराज पौडेल नेपालको राजधानी काठमाडौँको बागबजारमा पुस्तक पसलको व्यवसाय गर्छन्। पुष्पराज नेपालको चितवन सहरका स्थायीबासी हुन्। पौडेल भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीका समर्थक रहे पनि अहिले असन्तुष्टी व्यक्त गर्छन्।
२०१४ भदौमा नरेन्द्र मोदी नेपाल आएपछि यहाँका जनताले उनलाई राजा माने तर २०१५ मा ना’काबन्दी गरेर उनको छवि धमिलो बनाएको पौडेल बताउँछन्। पौडेल भन्छन्, ‘मोदीले हिमालयमा ध्यान गरे।
उहाँ योगी र ज्ञानी हुनुहुन्छ, उहाँमा एक किसिमको सरलता छ, यी कुराहरू अहिले पनि छन् तर नेपालमा अहिले मोदी त्यति लोकप्रिय छैनन्। ना’काबन्दीका कारण उनको लोकप्रियता घटेको छ।’
‘मोदी नेपालका लागि होइन, भारतका लागि राम्रा छन्, ना’काबन्दीका कारण हामीले धेरै दुःख पाएका थियौँ तर एउटा कुरा राम्रो छ कि मोदीको सन्तान छैन, त्यसैले उनले देशको बारेमा बढी सोच्छन्। हाम्रा केपी ओलीको पनि सन्तान छैनन र उहाँलाई पनि नेपालकै चिन्ता छ।’
पुष्पराज पौडेल भारतको उत्कृष्ट प्रधानमन्त्री कसलाई मान्छन्रु यस प्रश्नको जवाफमा उनी भन्छन्, ‘इन्दिरा गान्धी उत्कृष्ट प्रधानमन्त्री थिइन्। उनी निकै साहसी थिइन्। प्रधानमन्त्री मोदीमा त्यति हिम्मत छैन।
इन्दिरा गान्धीले दक्षिण एसियाको शीर उँचो गराइन्। इन्दिरा गान्धी अझै पनि पहाडहरूमा लोकप्रिय छिन्। मधेसीहरू अझै पनि मोदीलाई मन पराउँछन् तर मन पराउने सच्चा नेपाली होइनन्। नाकाबन्दीलाई समर्थन गर्ने मधेसीले अहिले पनि मोदीलाई मन पराउँछन्।’
पुष्पराज पौडेलको पसलको छेउमा ३५ वर्षीय धन पोखरेलले १० वर्षदेखि चिया पसल चलाउँदै आएकी छिन्। प्रधानमन्त्री मोदीको बारेमा सोध्दा पोखरेल भन्छिन्, ‘मोदी नेपालका लागि होइन, भारतका लागि राम्रा छन्, नाका’ब’न्दीका कारण हामीले धेरै दुः ख पाएका थियौँ तर एउटा कुरा राम्रो छ कि मोदीको सन्तान छैन, त्यसैले उनले देशको बारेमा बढी सोच्छन्। हाम्रा केपी ओलीको पनि सन्तान छैनन र उहाँलाई पनि नेपालकै चिन्ता छ।’
मोदी र ओलीको तुलना
भारतको नाम सुन्ने वित्तिकै धन पोखरेलको दिमागमा कुन तस्बिर आउँछरु धन भन्छिन्, ‘भारत विकसित देश जस्तो लाग्छ, नेपालभन्दा धेरै अगाडि छ।’ तर, धन कहिल्यै भारत गएकी छैनिन्। धन पोखरेललाई किन मनपर्छ मोदी र ओली ?
‘ओली र मोदीको राजनीतिमा धेरै समानता छ, ओलीले आफूलाई कम्युनिष्ट र मोदीलाई दक्षिणपन्थी भन्न सक्छन् तर दुवैमा धेरै समानता छ। मोदीले भारतमा एकरूपता, बहुसंख्यकवाद र पाकिस्तानको वि’रो’धलाई प्रवर्द्धन गरिरहेका छन्, ओलीको रा’ष्ट्रवाद पनि उस्तै छ। ओलीले पनि भारत विरो’धी भावनाको शो’षण गर्दै नेपाली भाषाबाट भाषिक राष्ट्र’वादलाई उका’स्छन्।
रमेश पराजुली समाजशास्त्री हुन् र उनी काठमाडौँको मार्टिन चौतारी अनुसन्धान केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता हुन्। मोदी र ओलीको आफ्नै सन्तान नभएको कारणले मात्र धन पोखरेल दुवैलाई मन परेको हो त?
भन्ने प्रश्नको जवाफमा रमेश पराजुली भन्छन्, ‘ओली र मोदीको राजनीतिमा धेरै समानता छ, ओलीले आफूलाई कम्युनिष्ट र मोदीलाई दक्षिणपन्थी भन्न सक्छन् तर दुवैमा धेरै समानता छ।
मोदीले भारतमा एकरूपता, बहुसंख्यकवाद र पाकिस्तानको विरो’धलाई प्रवर्द्धन गरिरहेका छन्, ओलीको रा’ष्ट्रवाद पनि उस्तै छ। ओलीले पनि भारत विरो’धी भावनाको शोष’ण गर्दै नेपाली भाषाबाट भाषिक राष्ट्रवादलाई उका’स्छन्। ओलीको पार्टीमा उनको अगाडि कोही छैन। त्यसैगरी भाजपा पनि मोदीको पकडमा छ। यो दक्षिणपन्थी मोदी र वामपन्थी ओलीबीचको उल्लेखनीय समानता हो।’
रमेश पराजुली पनि २०१४ मा प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल आएपछि मोदी निकै लोकप्रिय भएको कुरामा सहमत छन्। मोदीको नेपाल भ्रमण निकै चर्चित बनेको छ। उनले नेपालको सार्वभौमसत्ता र स्वाधीनताको बारेमा संसदमा जसरी बोलेका थिए, त्यसलाई त्यहाँ न्यानो स्वागत गरिएको थियो।
मोदीले नेपाललाई महात्मा बुद्धको जन्मस्थल भनेका थिए। मोदीको यी भनाइमा संसदमा निकै ताली बज्यो। कम्युनिष्ट नेताहरुले पनि उनको प्रशंसा गरे। सन् २०१४ को नेपाल भ्रमणमा प्रधानमन्त्री मोदीलाई लिएर आम जनतामा ठूलो उत्साह रहेको नेपालका पत्रकारहरु बताउँछन्। उहाँसँग हात मिलाउन सडकमा ठूलो भीड जम्मा हुन्थ्यो।
(बीबीसी हिन्दीका संवाददाता रजनीश कुमारले काठमाडौँमा तयार गरेर शुक्रबार प्रकाशित गरेको अनलाइन रिपोर्टको केही अंश)

