७५३ पालिकाका प्रमुखमध्ये सबैभन्दा भाग्यमानी रहेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इतिहास रच्ने बताएका छन । फेसबुकमार्फत साम्पाङले फेरि स्टाटस लेख्दै ७५३ पालिकाका प्रमुखमध्ये सबैभन्दा भाग्यमानी रहेको बताएका छन् ।
मेयर साम्पाङले आफू अझै समर्पित बनेर जनताको सेवामा लाग्ने विश्वास दिलाए । ‘७५३ पालिका मध्येको सबै भन्दा भाग्यमानी म रहेछु सम्मान, सहयोग र श्रमदान सबै दिनु भएको छ मलाई !
म अझ धेरै समर्पित बनेर जनताको सेवामा लाग्नेछु ! जीवन भर भुल्नेछैन यी पलहरूलाई ! हामी एउटा इतिहास रच्दैछौँ,’ उनले भनेका छन् ।
साम्पाङको फेसबुक मोह, ५ घण्टामा २० वटा पोष्ट
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले सामाजिक सञ्जालका चर्चित पात्र हरु मध्यका एक हुन् । धरानमा सामाजिक अभियन्ताको परिचय बनाएका साम्पाङलाई आम नेपालीहरुले भने धरानमा स्वतन्त्र ल’डेर मेयरमा निर्वाचित भएपछि मात्र चिनेका हुन् ।
पछिल्लो समय काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई घो’चपेच गरेपछि पुनः उनि सामाजिक सञ्जालहरुमा छाइरहेका छन् । उनि सामाजिक सञ्जाल फेसबुकमा यति व्यबस्त छन् कि आज बिहिबार बिहान ५ घण्डामै २० वटा पोष्ट फेसबुकमा सेयर गरेका छन् ।
उनले फेसबुकमा आफ्ना बारेमा बनेका गितहरुदेखि विभिन्न विषयमा फेसबुक स्ट्याटसहरु समेत सेयर गरेको देखिन्छ । आजै उनले आफ्ना आ’लोचकलाई प क्रा’उ गर्ने चे’तावनी दिएका थिए ।
फेसबुकमा उनले लेखेका थिए ‘फेसबुकमा गा’ली ग’लौच गर्ने जतिलाई पत्ता लगाएर प’क्रा’ऊ पु’र्जी जारी गरिनेछ ! अनि मा’नहा’नि र गा’ली बेइ’ज्जतीको मु’द्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु’

