आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको चुनावमा सत्तारुढ गठबन्धन दलहरु सहमति खोजिरहेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलहरूबीच सिट बाटफाँडको टुंगो लागिसकेको बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका दाहालले गठबन्धन दलहरूबीच संघीय र प्रदेशस्तरीय चुनावका लागि सिट बाडफाँट भइसकेको बताएका हुन् ।
गठबन्धन दलहरूबीच निरन्तर छलफल भइरहेको बिहीबार अबेरसम्म छलफल भएको र गठबन्धन दलहरूबीच सिट बाडफाँड अन्तिम चरणमा एक–दुई दिन छलफल गरेर टुंगोमा पुगिने अध्यक्ष दाहालले जानकारी दिए ।
‘हामीले गठबन्धन दलहरूबीच सिट बाँडफाँडको अन्तिम टुंगो एक दुई दिनभित्र हल हुन्छ ।’ उनले भने, ‘एक प्रकारको सहमति भइसकेको छ ।’
संघ र प्रदेशमा प्याकेजमा नै सहमति गर्ने गठबन्धन दलको समझदारी भएको अध्यक्ष दाहालले बताए । एकीकृत समाजवादी आफ्नो चुनाव चिन्हमा चुनाव लड्ने, बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने एकीकृत समाजवादीसँग चाँडै पार्टी एकता हुने दाहालले बताए ।
संघीय चुनावमा चितवन–३ बाट चुनाव लड्ने दाहालले बताए । ‘एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग मेरो कुनै तुलना हुँदैन ।’ उनले भने, ‘नेकपा एमालेसँग चुनावमा गठबन्धन गराएर जाने विषय असम्भव रहेको छ ।’
एमालेले विगतका गल्तीको समीक्षा गर्नुपर्ने दाहालको भनाइ रहेको थियो । ‘एमालेसँग हामीले भन्दै आएका कुरा के हो भने विगतका संसद वि’घटनदेखि अन्य सबै कामको आत्मसमीक्षा गर्न आवश्यक छ ।’ उनले भने, ‘त्यो नभएसम्म एमालेसँग कुनै सहकार्य हुने सम्भावना छैन ।’

