संसदको दुवै सदनबाट हुबहु पारित नागरिकता विधेयक पुुनः प्रमाणीकरणको निम्ति सभामुखले शीतल निवास पठाउनुअघि राजनीतिक वृतमा बहस गर्माएको छ ।
गृहजिल्ला झापाबाट फर्कनासाथ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपतिनिवास शीतलनिवास गएका छन् । अध्यक्ष ओली राष्ट्रपतिसँग भेट गर्न शनिबार साँझ पौने ७ बजेको समयमा शीतल निवास पुुगेका हुन् ।
दुवैबीच राति ९ बजेको हाराहारीसम्म कुराकानी भएको छ । नागरिकता विधेयक जस्ताको त्यस्तै सरकारले पारित गरेपछि ओलीले राष्ट्रपतिलाई दुई घण्टा भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।
यो पनि,
संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म
सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ ।
चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो ।
विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ ।
विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।”
प्रदेश सभाको हकमा पनि सोहीअनुसार कार्यकाल निर्धारण हुने प्रस्तावित विधेयकमा उल्लेख छ । निर्वाचन आयोगले भने आचारसंहितामार्फत मनोनयनका लागि रा’जीनामा अनिवार्य गरेको छ ।
मनोनयनपछि स्वतः पद रिक्त हुनेछ । मनोनयनबाहेकका भने कार्यकाल नयाँ सांसदको बैठक नबस्दासम्म हुनेछ । केही नेपाल ऐन संशोधनमार्फत सरकारले १९ वटा ऐन एकैपटक संशोधन गर्न प्रस्ताव गरेको हो । गोरखापत्र दैनिकमा समाचार छ ।

