तत्कालिन नेकपा विभाजन भएर माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्कदा पनि आफूपक्षीय माधव नेपालको समूहले गतबर्ष भदौ ९ गते एकीकृत समाजवादी पार्टी खोलेपछि एमाले गत स्थानिय चुनावमा दुुब्लाएको प्रष्ट हुन्छ ।
ठूलो संख्यामा एमालेका नेता कार्यकर्ता अहिले एकीकृत समाजवादीतिर लागेका छन् । पाँच दलको गठबन्धन एमसीसीमार्फत फुटाउने प्रयास पनि तुहि’एपछि एमालेमा अहिले सन्नाटा छाएको छ । बाहिर ठूला आश्वासन देखाएपनि एमालेको पीडा एमालेलाई नै थाहा छ ।
उसलाई तालमेलका लागि उपयुक्त दल पनि भेटिएको छैन । यस्तो अवस्थामा पूर्व सहकर्मीलाई गु’हार्नु एमालेको नियती बनेको छ ।
तर प्रमुख प्रतिपक्ष एमाले चुनावअघि नै गठबन्धन तोड्ने तयारीमा छ । अब अनेक तरिका फेल भएपछि फेरि माधवलाई गु’हार्नु एमालेको नियती बनेको छ ।
नेकपा एमालेका उपाध्यक्ष, त्यसमा पनि अध्यक्ष ओलीसँग निकै निकट रहेका, बोलेपछि खा’टी कुरो बोल्ने सुवास नेम्वाङले नै एकबर्ष अघिमात्रै छुट्टीएका माधव नेपाललाई फर्किन निम्तो दिएपछि एमाले के सोच्दैछ बुझ्न सकिन्छ ।
अध्यक्ष ओलीको सहमति विमती हेरेर मात्रै बोल्ने नेताहरु नै खुलेआम माधवको साथ खोज्ने पक्षमा देखिएपछि एमालेभित्र पाक्दै गरेको खिचँडीको बास्ना बाहिरै आएको छ ।
किनकि गठबन्धन भत्का’उनु एमालेको पहिलो सर्त हो, यसका लागि अध्यक्ष ओली जुनसुकै सम्झौता गर्न तयार देखिएका छन् । गठबन्धनमा पाँच दल आवद्ध भएपनि एमालेसँग आँखा जुधाएर हेर्न सक्ने काँग्रेसमात्रै भएको एमालेको जिकिर छ ।
त्यसमा पनि गठबन्धनको नकाबबिना काँग्रेसलाई चुनाव ल’ड्न हम्मेहम्मे पर्नेछ । यता अलि गनिएका दलहरु नै गठबन्धनमा आवद्ध भएकाले एमालेसँग तालमेल गर्ने दल नै बाँकी छैनन् ।
गठबन्धनमै रहेर पनि माधव नेपाल सन्तुष्ट छैनन् । कांग्रेस २०७४ को चुनावमा २३ सिटमात्रै जितेको र अहिले १ सयको रटान लगाइरहेको भन्दै एक्लै लड्नेगरी पनि तयारी गर्न माधव नेपालले आफ्नो पार्टीका नेता तथा कार्यकतालाई निर्देशन दिएका छन् ।
यसबाट पनि माधव नेपाल अब नयाँ बाटोमा हिड्न खोरिहेको प्रष्ट हुन्छ । उनी फेरि एमालेसँग नमिल्लान भन्न सकिन्न तर, यसबारे उनको पार्टीको धारणा आएको छैन ।

