पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै सडकमा जाने भएका छन् । उनले आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै आफू सडक सं’घर्षमा जाने घोषणा गरेका हुुन् ।
निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि सडक सं’घर्षमा जाने उनको भनाइ थियो ।
उनले संघीयता, गणतन्त्र र धर्मनिर’पेक्षतामाथि प्र’हार भएकाले आफू सबैभन्दा बढि छ’टपटीमा परेको र त्यसको निकासका लागि निर्वाचनलगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आ’न्दो’लनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए ।
अध्यक्ष दाहालले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराए ।
उनले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक सं’घर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै वि’कृति र वि’संगतिको अन्त्य हुने दाबीसमेत गरे । त्यसका लागि कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर अघि बढने अध्यक्ष दाहालको भनाइ थियो ।
अध्यक्ष दाहालले संसद वि’घटन हुँदा भएको सडक आन्दो’लनकै कारण त्यसको पुनस्र्थापना गर्न आफूहरू बाध्य भएको भनेर निल’म्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकार गरेको स्मरण गराउँदै आफूहरू सोही आन्दो’लनकै बाटोबाट अघि बढने पटकपटक दोहोर्याए ।

