विगत केही दिनदेखि सहरभित्र मापदण्डविपरीत बनाइएका संरचना भ’त्काउने अभियान थालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को नजर अब ठूला तारे होटलमा सञ्चालित क्या’सिनोतर्फ सोझिएको छ ।
हालसम्म बुझाउन बाँकी कर नतिरेको भन्दै काठमाडांै महानगरपालिकाले राजधानीभित्रका विभिन्न क्या’सिनोलाई आगामी एक साताभित्र मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ ।
सात क्या’सिनोलाई बक्यौ’ता तिर्न ता’केता
आइतबार ता’रे होटलमा सञ्चालित विभिन्न सातवटा क्या’सिनोलाई पत्र पठाउँदै महानगरपालिकाले आगामी एक साताभित्र बक्यौता कर बुझाउन ताकेता गरेको हो ।
काठमाडांै महानगरपालिकाले होटल म्यारियटस्थित डेल्टिन क्या’सिनो, होटल अन्नपूर्णस्थित क्या’सिनो प्यालेस, होटल ¥याडिसनस्थित क्या’सिनो ¥याड, होटल ह्यातस्थित प्राइड इन्टरनेसनल एन्ड रिक्रिएसन प्रालि, होटल सोल्टीस्थित माजोङ क्या’सिनो र मल्ल होटलस्थित बेली क्या’सिनोलाई एकसाताको अल्टि’मेटम दिएर बक्यौ’ता कर तिर्न भनेको छ ।
महानगरले बाग्मती प्रदेशको आर्थिक ऐनले तोकेको क्या’सिनो प्रवेशको मनोरञ्जन कर बुझाउन यसअघि पटकपटक ताकेता गर्दै आएको थियो तर क्या’सिनोले अटेर गर्दै आइरहेका थिए । क्या’सिनोहरूले गत चार वर्षदेखि त्यस्तो कर नतिरेको काठमाडांै महानगरपालिकाको राजस्व विभागले जनाएको छ ।
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिमानासहित आगामी सात दिनभित्र नबुझाए महानगरको राजस्व ऐनअनुसार का’रबा’ही हुने चेता’वनी महानगरपालिकाले सम्बन्धित क्या’सिनोलाई दिएको छ ।
महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार यी सबै क्या’सिनोहरूले मनोरञ्जन कर शीर्षकमा प्रतिव्यक्ति प्रवेशबापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।
बाग्मती प्रदेशको आर्थिक ऐनअनुसार उठेको यस्तो राजस्वको ६० प्रतिशत काठमाडौं महानगरपालिका र ४० प्रतिशत प्रदेश सरकारलाई दा’खिला गर्नुपर्छ । आजको राजधानी दैनिकमा समाचार छ ।

