प्रतिनिधिसभा हुँदै राष्ट्रियसभाबाट समेत बहुुमतले पारित भइ राष्ट्रपति कार्यालयमा पुुग्न बाँकी रहेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा सत्ता गठबन्धन द्धविधामै देखिएको छ ।
भण्डारीले पुनर्विचारका लागि एकपटक फिर्ता पठाउँदा पनि जस्ताको त्यस्तै पारित गरेको गठबनधन यसपटक पनि राष्ट्रपतिले रोके के गर्ने भन्दै अर्को जुक्ति निकाल्नतर्फ लागेको छ ।
गठबन्धनको एक प्रमुुख दलका नेता, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने र नगरे अदालत जाने प्रचण्ड बताएका छन् ।
सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको बैठक सहभागी हुन आएका उनले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको बताए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदा’लतमा जाने चे’तावनी समेत दिए ।
उनले भने, ‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ, उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन ।’
व्यवस्था फेर्न सडकमै जाने घोषणा
अध्यक्ष प्रचण्डले चुनावपछि शासन व्यवस्था फेर्न सडकमै जाने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अहिलेको निर्वाचन प्रणालीलाई कामयै राखेर भ्र’ष्टाचारमुक्त समाजको परिकल्पना सम्भव नभएकाले आ’न्दोलनमा जाने घोषणा गरेका हुन्।
प्रचण्डले भने, ‘निर्वाचन प्रणालीले दला’ल र भ्र’ष्टहरूलाई नै अगाडि ल्याउँछ। चुनाव जित्न पैसा चाहिन्छ। पैसा दलाल र नो’करशाहसँग हुन्छ। त्यसैले उनीहरू नै चुनाव जितेर आउँछन् नभए नेताहरूनि’रीह हुनुपर्छ। जसले भ्रष्टा’चारमा नेताहरूलाई पनि धकेल्छ।’
संसद् वि’घटन हुँदा सडकको घेरा’बन्दीकै कारणले पुनस्स्थापना भएको उनले दाबी गरे। चोलेन्द्रले संसदीय समितिको बया’नमा सो कुराको स्वीकार गरेको उनको भनाइ छ।

