काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) गोकर्णेश्वर नगरपालिका र मध्यपुर थिमि नगरपालिका अवलोकन गरी फर्किएका छन् । उपत्यकाको फोहोर व्यवस्थापन चुुनौती बनेपछि बालेन विकल्पको खोजीमा त्यहाँ पुुगेका हुन् ।
बालेनले गत बुधबार स्यानिटरी ल्यान्डफिल साइट बन्चरेडाँडाको विकल्प खोज्दै आफ्नै क्षेत्रभित्र फोहोर व्यवस्थापन गर्ने भन्दै जमिन र छिमेकी नगरपालिकाले अपनाएको प्रविधि निरीक्षण गरेका हुन् ।
गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधिको इन्सिनरेटर मेसिनको प्रयोग गर्दै आएको छ ।
जापानी प्रविधिको मेसिन प्रयोगले नै धेरै हदसम्म फोहोर व्यवस्थापन गर्न सकिएको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिजाल बताउँछन् ।
बालेनसँग फोहोर व्यवस्थापनका लागि सहकार्य र साझा धारणा विकास गर्न आफू तयार रहेको उनले बताए । त्यस्तै उपत्यकाको फोहोर विसर्जन गर्ने विकल्पको खोजीमा बालेन मध्यपुर थिमि नगरपालिकामा पनि पुगे ।
नगरपालिकाले रिकिसी प्राङ्गारिक मल उत्पादन केन्द्रद्वारा फोहोर व्यवस्थापन गर्दै आएको छ । सो मल उत्पादन केन्द्र पनि जापानी प्रविधिद्वारा सञ्चालित हो ।
फोहोर संकलन भएपछि प्लान्टमा लगेर आवश्यकताअनुसार ब्या’क्टेरिया मिसाएपछि मल तयार हुन्छ । मल पूर्ण रूपमा दुर्ग’न्धरहित हुन्छ । मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले उपत्यकाका दैनिक निस्किने फोहोर विस’र्जन गर्न साझा धारणा निकालिने बताए ।
सो प्रविधिबाट फोहोरबाट मल बन्न करिब तीन महिनाको समय लाग्ने उनको भनाइ छ । पछिल्लो समय संघीय सरकारले फोहोर व्यवस्थापनमा चासो नदेखाउँदा बालेन ए’क्लिएका थिए ।
तर, पछिल्लो समय काठमाडौं र ललितपुर महानगरपालिका, गोकर्णेश्वर, दक्षिणकाली, मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाका मेयरबीच साझा धारणा विकास हुन थालेका छन् ।
फोहोर व्यवस्थापनको समस्या काठमाडौं महानगरपलिकाको मात्रै नभइ सबै नगरपालिकाको साझा समस्या भएको नगरप्रमुखहरूले स्वीकार गरेका छन् ।
त्यस्तै महानगरलाई फोहोर व्यवस्थापनका लागि कीर्तिपुुरमा ५० रोपनी जग्गा उपलब्ध हुने भएको छ । सो क्षेत्रमा कुहिने फोहोर व्यवस्थापन गर्ने योजना महानगरको छ ।
सबैभन्दा पहिले कीर्तिपुरका स्थानीयले फोहोर व्यवस्थापन गर्न दिने विषय स्वीकार्ने वा अस्वीकार गर्नेबारे गहन अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्ने बालेनको योजना छ ।

