नायिका आँचल शर्मा घेरामा परेकी छिन् । नायिका शर्मासहितको अभियनय रहेको चलचित्र झिंगे दाउ प्रदर्शनरत रहेका बेला उनी दर्शकको घेरामा परेकी हुन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिंगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् ।
चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँ’छाडम’छाड नै चलेको थियो ।
चितवनका दुवै हलमा झिंगे दाउको शो हाउस फुल भएको नायिका आँचलले जानकारी दिइन् । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएकी उनले दर्शकको माया र सद्भावले नतमस्तक भएको प्रक्रिया दिइन् ।
हलमा नायिका आँचललाई देखेपछि दर्शकले सेल्फी लिन घे’रा हालेका थिए । उनीसँग तस्बिर लिन वृद्धदेखि बालकसम्म झुम्मिएका थिए ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र झिंगे दाउमा आँचलसहित केकी अधिकारी, मुकुन भुसााललगायत कलाकारको अभिनय छ ।
यो पनि पढ्नुहोस्ः
स(यो चलचित्र बुलाकीको प्रदर्शन मिति
कर्णाली प्रदेशका नारीहरुको समस्यामा केन्द्रित भएर बनाईएको चलचित्र बुलाकीको प्रदर्शन मिति सरेको छ । यो फिल्म तिहारको अबसर पारेर १८ कात्तिकमा रिलिज गर्न लागिएको थियो ।
तर यो समयमा अरु प्रभावशाली फिल्म रिलिजसँगै सँसदीय निर्वाचनको कारण देखाउँदै निर्माण पक्षले बुलाकीको प्रदर्शन तिथि सारेको छ ।
लक्ष्मण सुनार निर्देशीत यो चलचित्रको मंगलबार नै नयाँ पोस्टर सार्वजनीक गर्दै प्रदर्शन मिति सारिएको हो । यस अघिको पोष्टरबाटै चर्चा बटुल्न सफल चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् ।
अब यो चलचित्र आगामी १९ फागुनमा दर्शकमाझ आउने निर्माण पक्षले जनाएको छ । ‘केही महिना अघिनै कार्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको भए तापनि मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि मिति परिवर्तन गरिएको हो ।’ निर्माता टोपेन्द्र विष्टले दिएका छन् ।
‘देश चुनावमा होमिएको र सचेत नागरिकको हौसिएतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौ,’ निर्माता टोपेन्द्रले भने,‘चुनावको माहौलमा आम मानिसमा इन्टरटेन्मेन्ट मुड नहुने पाइएकाले फिल्म सारेका हौ ।’
कर्णाली भेगको जनजीवन र प्रथामा आधारित चलचित्रलाई शिब ढकालले खिचेका हुन् । जसमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
गोपाल कायस्थ र एफडिले बितरण गर्ने चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।

