पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चलचित्र ‘प्रकाश’ को प्रशंसा गरेका छन् । सोमबार साँझ दरबार सिनेमामा चलचित्र हेरेका पोखरेलले ‘प्रकाश’ हेरेर आफू भा’वुक भएको र आँखा र’साएको बताएका हुन् ।
‘अहिले मुलुकको यथार्थ स्थितिको एउटा पाटोलाई यसले बोकेको छ । त्यस हिसाबले यो महत्त्वपूर्ण छ । खासगरी बहु’दलीय व्यवस्थाको पुनर्स्थापनापछि यो मुलुकले भोग्नुपरेको कुराको अं’श यसले देखाएको छ । मलाई एकदमै मन पर्यो,’ पोखरेलले भने ।
माओवादी जनयु’द्धप्रति लक्षित प्रतिक्रिया दिँदै पोखरेलले भने, ‘जन’यु’द्धको नाममा, परिवर्तनको नाममा जे चीज भयो, अहिले त्यसको असरको जीवन्त चित्र हो यो ।’
पोखरेलले समाजमै भएका विषयवस्तुलाई सशक्त ढंगले चलचित्रमा उतारेको भन्दै लेखक र निर्देशकको मुक्त कण्ठले प्रशंसा गरे । यस्तै, उनले कलाकारहरूको अभिनय आफूलाई निकै उत्कृष्ट लागेको पनि उनले बताए ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । प्रदीप खड्का, दिया मास्के, रेनु योगी, राजन खतिवडालगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । दोस्रो सातामा पनि सफलताको साथ प्रदर्शन भइरहेको छ ।
अञ्जु र सुगमको स्वरमा’प्रेम गीत ३’को ‘हर युग होस’
प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को ‘हर युग होस’ गीतको अफिसियल भिडियो रिलिज भएको छ । भिडियोमा नायक प्रदीप खड्का र नायिका क्रिष्टिना गुरुङ रोमान्टिक रुपमा प्रस्तुत भएका छन् ।
‘हर युग होस’को प्रचारात्मक नयाँ गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । संगीत एलिश कार्की र राजेश कुमार श्रेष्ठको शब्द यथावत् छन् ।
हर युग होस् गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । जस्को लिरिकल भिडियोलाई युटुवमा सत्र लाख बढीले हेरेका छन् ।
यस्तै ‘हर युग होस’को हिन्दी भर्सन पनि आजै सार्वजनिक भएको छ । जसमा अश्लम केइको संगीत र कुमारको संगीत छ । स्वर पलक मुचल र अंकित तिवारीले दिएका छन् ।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म प्रेम गीत ३ असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म निर्देशनमा सेनलाई स्व।छेतेन गुरुङले सघाएका छन् ।