नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई झट्का लगोको छ । उनीवि’रुद्ध नबा’लिगमाथि ज’बरज’स्ती क’रणीको उजु’री परेको छ ।
सन्दीपविरु’द्ध मंगलबार ज’बरज’स्ती क’रणीको उ’जुरी परेको हो । उनीवि’रुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया कि’शोरीलाई ज’बरजस्ती क’रणी गरेको उ’जुरी परेको हो ।
उजु’रीमा नाबा’लिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फनत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जब’रजस्ती ‘कर’णी गरेको उल्लेख गरेकी छन् ।
गौशाला प्रहरीका एक अधिकृतका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत पी’डित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।
‘पी’डित उनको फ्या’न भएकाले म्या’निपुलेट गरेको जस्तो देखिन्छ’ गौशाला प्रहरीका ती अधिकृत भन्छन्, ‘प्रायजसो स्न्या’पच्याटमै कुरा हुने रहेछ ।’ स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डि’लिट हुन्छ ।
लामिछाने ६ भदौमा टी-२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पी’डितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बला’त्कार गरेको पी’डितको भनाइ छ ।
‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो’ उनले प्रहरीसमक्ष भनेकी छन्, ‘त्यतिबेला भक्तपुर गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो ।’
उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिन(एकछिन’ भन्दै ढिला गरेको पी’डितको भनाइ छ ।
झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको उनको बयान छ । त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए । पीडितले दुईवटा को’ठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ ।
राति लठ्या’एर दुई पटक ब’लात्कार गरेको पीडि’तको जा’हेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट सीसीटीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।
प्रार’म्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पी’डितसँग गएको देखिएको प्रहरीले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ४ पुस २०७८ मा लामिछानेले राष्ट्रिय क्रिकेट टिको कप्तान नियुक्त गरेको थियो । उनी २५ वर्षका छन् ।

